राति सम्भोग गर्न नहुने यी हुन् कारण . . .

एजेन्सी, १२ कात्तिक । सम्भोगका वबारेमा हामी जे सोच्छौं त्यो सोचेभन्दा ज्यादा छ । यसले तपाईलाई खुसी मात्र दिदैन धेरै निरास पनि वनाउँछ । यसले वाथ रोग निम्त्याउन सक्छ । आयुर्वेदका अनुसार सम्भोग गर्दा मौसम, समय र खानपानलाई विशेष ख्याल गर्नु पर्दछ । आयुर्वेदले रातको समयमा गरिने सेक्सलाई निषेध गरेको यस्ता छन् कारण ः –

आयुर्वेदकाअनुसार राति हैन सेक्सका लागि सुर्योदयपछि विहान १० वजेअघिको समयलाई उत्तम भनेको छ । साँझको समयको कुरा गर्ने हो भने १० देखि ११ वजेको समयलाई राम्रो भनिएको छ । किनभने यो समय शरीरमा उर्जा बढी हुन्छ । आयुर्वेदले खाना खाएको २ घण्टा पछि मात्र सेक्सका लागि अनुमति दिएको छ ।

आयुर्वेदका अनुसार मानव शरीर ७ मौलिक धातु मिलेर बनेको छ । यसमध्ये रस धातु रगतको सेतो भाग हो भने शुक्र धातु सेक्सुअल तरल पदार्थ हो । सेक्सुअल तरल पदार्थ बनाउन शरीरलाई धेरै उर्जाको आवश्यकता पर्दछ । शुक्र धातु रसको संशोधित रूप हो । समयको कुरा गर्ने हो भने चैत, वैशाख र मंसिरदेखि फागुनसम्मको महिनालाई राम्रो मानिन्छ । केही शारीरिक अवस्थाल बाहेक बसन्त ऋतु र जाडो महिनामा सातामा ३ देखि ५ पटक सैक्स गर्नु राम्रो मानिएको छ । गर्मी र वर्षाको महिनामा शरीरमा उर्जा कम हुने भएको सातामा १ वा २ पटकभन्दा बढी सेक्स गर्न नहुने आयुर्वेदको मत रहेको छ ।

खाली पेटमा कहिल्यै सेक्स गर्नु नहुने आयुर्वेदको राय छ । खाली पेट सेक्स गर्दा टाउको दुख्ने, उल्टी हुने वा ग्याष्टिकले सताउन सक्छ । खानपानमा घिउ, भात, नरिवलको जूस, बदाम खाँदा शरीरको उर्जा बढ्छ ।

प्रतिक्रिया