मुलुकको मिडियामा कम्युनिष्ट पार्टीको विभाजन र एकताले जति ठाउँ लिने गरेको छ त्यति ठाउँ कांग्रेस पार्टीको विभाजन र एकताले लिे गरेको छैन । तर यर्थाथता एउटै हो । राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस जोडिएर निर्माण भएको नेपाली कांग्रेस स्थापना कालदेखी आजसम्म धेरै पटक विभाजन र एकिकरण भएको छ । २००५ सालमा बीपी कोइरालाले नेतृत्व गरेको राष्ट्रिय काँग्रेस र सुवर्ण शम्शेरले नेतृत्व गरेको ‘नेपाल प्रजातन्त्र काँग्रेस’ एकीकरणको घोषणा हुँदा डा. डिल्लीरमण रेग्मी र पुष्पलाल श्रेष्ठ सहभागी भएनन् । उनीहरुले राष्ट्रिय कांग्रेसको अस्तित्व जिवितै राखे । २००६ सालमा पुष्पलालले राष्ट्रिय कांग्रेसबाट फुटेर नेपाल कम्युनिष्ट पार्टी गठन गरे ।
त्यस यता लामो कालखण्डसम्म डा. रोग्मीले राष्ट्रिय कांग्रेसलाई एक्लै अगाडि बढाए । उनी नमर्दसम्म राष्ट्रिय कांग्रेस अस्तित्वमै रह्यो । यता राष्ट्रिय कांग्रेसबाट फुटेर बनेको कम्युनिष्ट पार्टी भने विभिन्न आरोह अवारोह पार गर्दै मुलुकको सबै भन्दा ठूलो राजनीतिक पार्टी बन्ने तरखरमा छ । विपि र सुवर्णले नेतृत्व गरेको नेपाली कांग्रेस २००९ सालमा विभाजन भयो । मातृकाप्रसाद कोइराला , महेन्द्र विक्रम शाह बोधप्रसाद उपाध्याय लगायतले केही वर्ष अलग रुपमा अघि वढाए । २०२५ सालमा विपि र सुवर्णसमशेरले पनि नेपाली कांग्रेसलाई अलग अलग रुपमा अघि बडढएको पाइन्छ । एउटा तप्कलाई सुर्यप्रसाद उपाध्यायले पनि अलग रुपमा चलाए ।
२०३८ सालमा परशुनारयाण चौधरी , अच्युतराज रेग्मी बखानसिंह गुरुङहरुले अलगधार अघि वढाए तर त्यो धार पन्चायतमा विलिन भयो । २०४० सालमा प्रदीप गिरिले अघि वढाएको अलगधार २०४७ सालमा मुल प्रवाहमा मिसियो । २०५३ सालमा जगन्नथ आचार्यले जन कांग्रेस दर्तागरी ३–४ वर्ष चलाए । २००५१ साल ताका पुया नेता उमेस गिरिले पनि नेपाली कांग्रेस (विपिवादी) गठन गरेर केही ठाउँमा उमेदवारी दिएका थिए । २०५९ साल साउनमा नेपाली कांग्रेस अली ठूलो ढंगले विभाजित भयो । नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति शेर बहादुर देउवा बने । २०६४ सालको संविधानसभा चुनावको पूर्व सन्ध्यामा देउवा पनि मुलधारमा मिसिए तर कोषध्यक्ष महन्थ ठाकुरले तराईमधेस लोकतान्त्रिक पार्टी गठन गरे भने विजयकुमार गच्ददार एउटा तप्का लिएर मधेसी जनाधिकार फोरममा प्रवेश गरे ।
केही साता अघि गच्छदार पुरानै घरमा फर्केका छन् तर त्यस लगत्तै एउटा ठूलै समुह अलग भएको छ । नेपाली काँग्रेसका पुराना नेता हरीबोल भट्टराईले २०७४ कार्तिक २ गते विहीबार मात्रै काठमाण्डौमा पत्रकार सम्मेलन गरी पार्टी फुटाएको घोषणा गरेका छन । उनको टिममा पुष्पराज पराजुली , सुशिलमान शेरचन , लोकराज भट्ट लगायत जल्दा बल्दा नेताहरु छन् । बर्तमान सभापति शेरबहादुर देउवालाई विपीको विचारबाट बिचलनभई सत्ता र सम्पतिको लागीमात्र पार्टी केन्द्रीत रहेको आरोप लगाउदै नेपाली काँग्र्रेस (विपी) नामाकरण गरेका छन । उक्त पार्टीको चुनाव चिन्न करुवा रहेको छ । मधेसी दलहरुलाई जुट्ने र फुट्ने दल भनेर आरोप लगाएपनि यो जुट्ने र फुट्ने परीपाटी नेपालका ठुला भनिएका दलहरुबाटै सुरुभएको हो । बाम आन्दोलन होस या प्रजातान्त्रीक आन्दोलन कहिले जुट्ने त कहिले फुट्ने समस्याबाट ग्रसित छ ।
पुष्पलालले जनतालाई रैतीबाट मालिक बनाउन समाजवाद हुँदै साम्यवादी दिशामा देशलाई अघि लैजाने परिकल्पना गरेर राष्ट्रिय कांग्रेसबाट फुटेर २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कम्यूनिष्ट आन्दोलनका उतार चढावहरु बढो रोचक छन् । २०२७ सालको झापा आन्दोलनले एउटा शशक्तधारको उठान गरेको पाइन्छ । सबै भन्दा धेरै दुख संस्थापक पुष्पलालले नै पाएको देखिन्छ । २०३३ सालमा पुष्पलालले स्थापना गरेको कम्यूनिष्ट पार्टी पुष्पलाल समूह पनि मुक्ति मोर्चा र सर्वहारा क्रान्तिकारी संगठनका रपमा विभाजन भएको देखिन्छ । २०४३ सालमा मनमोहन अधिकारीको नेकपा र साहना प्रधानको पुष्पलाल समूह संग एकता भयो र नेपालमा नेकपा माक्र्सवादी गठन भयो । एक बर्ष नपुग्दै २०४७ सालमा माक्र्सवादी र माले बिच एकता भई एमाले गठन भयो ।
निस्वार्थ भावनाले बामपन्थि आन्दोलनमा लागेमा नेता हालसम्म सत्तामा नआएका मोहन विक्रम सिंहबाट २०४७ सालमा बाबुराम भटटराई अलग भई मसाल गठन गरे । पछि २०४७ बाबुरामको विद्रोही मसाल, नेकपा चौम, नेकपा मशाल( मोटो) र रुपलाल समूहको सर्वहारा श्रमिक संगठनबिच एकता भई नेकपा एकता केन्द्रको गठन भएको थियो । उता नेपाली काग्रेसमा विपि संगै आन्दोलनमा होमीएका मधेसी नेताहरुले मधेशमा स्वायत्तताको आन्दोलनमा लागीसकेका थिए । नेपाली काग्रेस संगै राजनितिमा होमिएका गजेन्द्रनारायण सिंहले पंचायतकालमै सद्भावना परिषद गठन गरेका थिए । २०४६ सालको परिवर्तन पछि उनले मधेस केन्द्रित सद्भावना पार्टी बनाए । अहीले मधेशमा एक दर्जन भन्दा बढी एउटै नाम र एजेन्टा मील्ने दलको गठन भएको छ ।
काँग्रेस र एमाले बाटै अलगभई मधेसमा राजनिति दलहरु भएका छन । २०५१ मा फेरी एकता केन्द्र र नेकपा मशाल बिच एकता भई नेकपा माओवादकिो गठनगरी मोहनविक्रम सिंह बाट अलग भएका बाबुराम ससस्त्र आन्दोलनको तयारी गरीरहेका थिए ।नेकपा माओवादी गठन भएकको एक बर्षपछि बाबुराम , पुष्पकमल मोहोन बैद्य लगाएतका नेताले शसस्त्र आन्दोलन सुरुगरेका थिए । बाम आन्दोमा निरन्तर लागीरहेका मनमोहन अधिकारी २०५१ देखि २०५२ सम्म नेपालको पहीलो बामपन्थि प्रधानमन्त्रि भए । माओवादीको दशबर्षे जनयुद्ध लगायतका बाम आन्दोलनको सफलता पछि २०५१ साल देखि हाल सम्म ७ जना बामपन्थि नेता आलोपाले यो देशको प्रधानमन्त्रि भईसकेका छन ।
२०५४ मा एमालेबाट बामदेव गौतमले माले बिभाज गरे र फेरी २०५८ मा एमाले र माले बिच पार्टी एकिरकण भयो तर सिपी मैनाली भने नेकपा मालेममानै रहे जो अहीले सम्मपनि मालेमै छन । मैनालीले नेतृत्व गरेको माले पनि विभाजन भएको छ । जगतबहादुर बोगटीले छुट्टै पार्टी गठन गरेका छन् । २०५९ सालमा एकता केन्द्र र नेकपा मसाल बिच एकता भई नेकपा एकताकेन्द्र मसाल गठन भयो । त्यसपछी गोपाल किराँतीको किराँत वर्कस पार्टी नेकपा माओवादी संग बिलय हुन पुग्यो । माओवादी आन्दोलनमै हुमीएका रविन्द्र श्रेष्ठ र मणि थापाद्धारा नयाँ नेकपा माओवादी साँस्कृतिक समूह गठन भयो । सम्विधान सभाको निर्वाचन पछि २०६५ मा नेकपा माओवादी र नेकपा एकता केन्द्रका विचमा एकिकरण भयो र एकीकृत नेकपा माओवादी नामाकरण गरीयो । २०६५ मै मात्रिका यादवले नेकपा (माओवादी) पार्टीको गठन गरे ।
मात्रिका यादवले अलग पार्टी गठन गरेको दुईवर्ष पछि २०६७ मा नेकपा एकिकृतबाट नवराज सुवेदीहरु नेकपा माओवादीमा बिलय भए । २०६९ मा नेकपा एकिकृत विभाजन भई मोहन बैद्य किरणले नेकपा —माओवादी बैद्य समूहको गठन भयो । २०७० मा मोहन बैद्यमा पनि विभाजन भयो । एकिकृत माओवादी बाट प्रधानमन्त्री भएका डा. बाबुराम भटट्राईद्धारा नयाँ शक्तिपार्टीको गठन भयो । साथ साथै बैद्य समूहबाट पनि बिप्लव समूहले पनि अलग कम्यूनिष्ट पार्टी गठन भएका छन । नेपालको राष्ट्रिय राजनीतिमा आएका हरेक परिवर्तनकामी आन्दोलनमा प्रजातान्त्रीक दलहुन वा बामपन्थीहरुको ठूलो योगदान रहेको छ ।
बिशेषगरी नेपाली क्रान्ति उत्सर्गमा पुग्नै लाग्दा देशी विदेशी षडयन्त्र, पद, प्रतिष्ठा र अभिमानका लागि भन्दै नेपाली कम्यूनिष्ट पार्टीहरु एक आपसमा बिभाजन भएको देखिन्छन् । २०६४ सालमा नेपाली काँग्रेस परीत्यागरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका विजय कुमार गच्छदारले थ्रेसहोल्डका डरले २०७३ चैत्रमा तिन ससाना दल एकीकरण गरेका थिए । संसदमा रहेका तीन दल विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकीकरण भएको थियो एकिकरण पछि पार्टीकोनाम नेपाल लोकतान्त्रिक फोरम नामाकरण गरीएको थियो ।
काँग्रेसबाट मधेस केन्द्रीत राजनितिमा लागेका गच्छदार दश बर्ष पछि नेपाली काँग्रेसमै र्फकेका छन । तर २ नम्वर प्रदेशलाई आधार मानि राजनिति गर्नेे गच्छदारका पार्टीका जिल्ला अध्यक्षहरु भने रुष्ट देखीएका छन । यो गठबन्दन पनि पार्टी संरचना पुरै काँग्रेसमा बिलय हुने संकेत देखिदैन । बाम आन्दोलन होस या प्रजातान्त्रीक आन्दोलनमा जुट र फुटको पार्टी विचलन सुरुभएपछि एकै ठाउमा रहीरहने सम्भावना देखीदैन । २००७ साल देखि प्रजातान्त्रीक आन्दोलनका तथा बाम आन्दोलनका नेता कार्याकर्ताहरुले नै राजनीतिक तरंग त ल्याए तर एकै ठाउमा बस्नसकेको इतिहास अहीले सम्म छैन ।
प्रतिक्रिया