तिहारका लागि मखमली फूलको माला बनाउने चटारो

Makhamaliभक्तपुर । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा भक्तपुरका मखमली फूलको व्यावासायिक खेती गर्ने किसानलाई माला बनाउने चटारो परेको छ । एकातिर खेतमा पाकेको धान भित्र्याउने समयसमेत भएकाले तिहारको भाइटीकाको दिन लगाउने मखमली फूलको माला बनाउन व्यस्तता बढेको हो ।

भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरूले एक रोपनीदेखि पाँच रोपनीसम्म जग्गा मखमली, सयपत्री लगायतका फूल लगाएका छन् । जग्गा भाडामा लिएरसमेत केहि किसानहरूदले फूल खेती गर्ने गरेका छन् । यो आधा रोपनी जग्गामा मखमली फूलको दुई हजार बराबर माला तयार भएको किसानले बताएका छन् ।
यो वर्ष घरबाट नै व्यापारीहरूलाई प्रति माला २० देखि २५ मखमली फूलको माला खरिद गरेर लाने गरेको समेत उनीहरूले बताए ।

तिहारको समयमा मखमली फूलको एउटा मालाको मूल्य बीसदेखि चालिस सम्म र सयपत्री फूलको माला अनुसारको दुई सयसम्म पर्ने गरेको छ । भक्तपुरको जिल्लामा चाँगुनारायण नगरपालिको ६ र ९ तथा सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ मा व्यावसायिक मखमली फूलको खेती हुँदै आएको छ ।

तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलहरूको माग बढ्ने भएकाले सम्बन्धीत निकायले यसरी व्यवसायीक फूलखेती गरेका किसानहरूलाई प्राविधिक ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने हो भने नेपाल फूलमा आत्मनिर्भर हुने देखिन्छ ।

मानिसको दैनिक जीवनमा जन्मदेखि मृत्यूसम्म आवश्यक फूल करोडौँ मूल्य बराबरको फूल विदेशबाट आयात हुने गरेको छ । भक्तपुरमा किसानले वार्षीक दुई करोडभन्दा बढीको फूलको बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया