एमाले–माओवादीबीच चुनावी तालमेल तथा पार्टी एकीकरण गर्ने सहमति पछि कांग्रेसभित्र बृहत् लोकतान्त्रिक तालमेलको गृहकार्य सुरु भएको छ । बलिया कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल गर्ने निर्णयले कांग्रेस तरंगित हुनु अस्वभाविक होइन । बृहत् लोकतान्त्रिक मोर्चाको परिभाषाका विषयमा कांग्रेसभित्र मतैक्य देखिएको छैन । खासगरी मधेसीदल र राप्रपाका विषयमा कांग्रेसभित्र अन्योलता देखिएको छ । राप्रपा र मधेसी दल ३÷३ वटा छन् । गत स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने ३ वटै राप्रपाको प्रत्यक्षतर्फ १ सिट पनि चुनाव जित्ने हैसियत देखि“दैन । तर, कांग्रेससँगको तालमेलका लागि वार्ताका क्रममा कमल थापा नेतृत्वको राप्रपाले १५ सिट, पशुपतिशमशेर नेतृत्वको राप्रपा ९प्रजातन्त्रिक० ले १२ सिट र डा।प्रकाशचन्द्र लोहनी नेतृृत्वको एकीकृत राप्रपा ९राष्ट्रवादी० ले ३ सिट मागेको समाचार बाहिर आएको छ । ३ वटा मधेसी दलमध्ये विजयकुमार गच्छदारको फोरम ९लोकतान्त्रिक० कांग्रेसमा समाहित हुने चरणमा छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी ९राजपा० बीच चुनावी तालमेलको सहमति भइसकेको छ । यी दुवै पार्टीले प्रतिनिधिसभातर्फ ४५ सिट र प्रदेश सभातर्फ प्रदेश २ मा आफ्नो स्पष्ट बहुमत हुने गरी तालमेलको सर्त कांग्रेससँग राखेका छन् । राप्रपा र मधेसी दलका शर्त मान्ने हो भने कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ मध्ये ९० वटा निर्वाचन क्षेत्रमा मात्रै आफ्ना उम्मेदवार खडा गर्न सक्ने अवस्था उत्पन्न हुन्छ । जसका कारण बृहत् लोकतान्त्रिक मोर्चाको संभावना तत्कालका लागि कमजोर देखिन्छ ।
नाम र झन्डा मात्रै एउटै होइन कि लक्ष, सिद्दान्त र जनधरातलसमेत एउटै भएका कारण एमाले र माओावदीबीच पार्टी एकीकरणसम्म पुग्ने गरी चुनावी तालमेल भएको हो । तर, कांग्रेस, राप्रपाहरू र मधेसीदलहरूबीच लक्ष तथा सिद्धान्तमा कत्ति पनि एकरूपता देखिँदैन, जनधरातलसमेत फरक छ । निकट भविष्यमा पार्टी एकीकरणको संभावना पनि देखिँदैन । एमाले र माओवादीले घोडा चढे भन्दैमा कांग्रेस धुरी चढ्न मिल्छ कि मिल्दैन रु भन्ने प्रश्न कांग्रेसभित्र जवरजस्ती रूपमा उठ्नुको कारण पनि यही हो । राजतन्त्र पुनर्वहालीको लक्ष बोकेका राप्रपाहरू र एक मधेस एक स्वयात्त प्रदेशजस्तो मुलुकको अखण्डता विरोधी लक्ष्य बोकेका मधेसीदलहरूलाई चुनावी तालमेलका नाममा मलजल गरेर हुर्काउनु लोकतन्त्रका लागि हितकर छैन । मधेसीदल र राप्रपाहरूले जति धेरै सिट जित्छन् लोकतन्त्रका लागि उति नै धेरै खतरा बढ्छ । जे गतिविधि गर्दा लोकतन्त्र र मुलुकको अखण्डता कमजोर हुन्छ त्यही गतिविधि गर्नेलाई कांग्रेसजस्तो जिम्मेवार पार्टीले च्याप्नु हुन्न । लोकतन्त्र विरोधी शक्तिलाई चुनावी मोर्चामा सामेल गर्ने र त्यसको नाम लोकतान्त्रिक मोर्चा राख्ने गल्ती पनि कांग्रेसले गर्नु हुन्न । लोकतन्त्र र मुलुकको अखण्डता विरोधी शक्तिलाई संरक्षण गर्न कांग्रेसको ऐतिहासिक गरिमाले पनि मिल्दैन ।
कम्युनिस्ट गठबन्धनको संभावित बहुमत रोकेर मुलुकमा त्रिशंकु संसद् निर्माण गर्ने मामिलामा बाहेक कांग्रेसले गर्ने भनेको मधेसीदल र राप्रपाहरूसँगको गठबन्धन घातक हुन्छ । सत्ताभोग मात्रै कांग्रेसको राजनीतिक लक्ष्य हो भने मधेसीदल र राप्रपाहरूसँग चुनावी तालमेल गर्नुको विकल्प पनि छैन । तर, विगत ७० वर्षदेखि मुलुकको राजनीतिक मियोको भूमिका निर्वाह गर्दै आएको कांग्रेस पार्टीले मुलुकको वर्तमान अवस्थामा सत्ता भोगलाई मात्रै केन्द्रमा राखेर प्रतिगामी तथा बिखण्डनकारी शक्तिलाई बोक्नु कति उचित हो रु त्यसको समीक्षा जरुरी छ । मुलुकको वर्तमान संविधानमाथि जुन शक्तिहरूबाट खतरा छ ती शक्तिहरूलाई बलपु¥याउने गल्ती कांग्रेसले नगरोस् । नेपाली जनता सचेत छन् । बामगठबन्धनले संकटमा पार्ने भनेको मधेसीदल र राप्रपाहरूलाई हो । कांग्रेसलाई समाप्त गर्दैन । तर, कांग्रेस निकै आत्तिएको छ । कांग्रेस आत्तिएको मौका पारेर मधेसीदल र राप्रपाहरूले हदभन्दा बढी बार्गेनिङ गरिरहेको अवस्था छ । यो अवस्थालाई कांग्रेसले गम्भीरताका साथ लिनुपर्छ । लोकतन्त्र रह्यो भने यस्ता निर्वाचन हरेक ५ वर्षमा आइरहन्छन् । ०४८ सालदेखि यताका अधिकांश समय सत्ताको नेतृत्व गरेको कांग्रेसले अब ५ वर्ष रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दा लोकतन्त्रलाई संस्थागत गर्न मद्दत नै पुग्छ ।
प्रतिक्रिया