भारतीय रेल सेवाको सुधारमा मोदी आबे वार्ता

pm-modi-shinzo-abeनयाँ दिल्ली, २८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको छ ।उनिहरुबीच भारतको रेल सेवाको विकास र विस्तारका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा रहेका छन् । उनिहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो ।भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा रेल सेवा पछिल्लो समयमा खतरनाक बन्दै गएको छ । धेरै भन्दा धेरै दुर्घटनाहरु यतिबेला रेलमार्गमा नै हुने गरेको बताइन्छ । भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो ।

एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि २ करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ । भारतको सरकारले सन् २०१२ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार भारतमा हरेक वर्ष करिब १५ हजार नागरिकको रेल दुर्घटनामा परी ज्यान जाने गरेको थियो ।

बुलेट ट्रेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचनको अभियानका समयमा अघि सारेको कार्यक्रम हो । उनले आफूले निर्वाचन जितेमा भारतमा बुलेट ट्रेन सेवा विस्तार गर्ने बताएका थिए ।

भारतीय रेल सेवा पुरानो र जीर्ण अवस्थामा पुगेको बताइन्छ । यो सेवा भारतमा बेलायती साम्राज्यकालीन समयमा विस्तार गरिएको हो । उनिहरुबीच बुधबार बिहान भएको भेटवार्तामा द्विपक्षीय आपसी सहयोगको अभिबृद्धिका साथै आर्थिक विकास र लगानीका क्षेत्रमा पनि कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया