अब विवाहकै समयमा तीन तलाक अमान्य

NBT-imageभोपाल २८ भदौ । भारतको सर्वोच्च अदालतले तीन तलाक अमान्य घोषित गरेसँगै अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डले महत्वपूर्ण फैसला गरेको छ । बोर्डले गरेको फैसलाअनुसार अब विवाहको समयमै गन्यमान्य र धर्मगुरुमार्फत नै केटा रकेटी दुवै पक्षलाई कुनै पनि हालतमा तलाक ए बिद्दत (एकपटकमै तीन तलाक) अमान्य हुने सहमति गराउनु पर्नेछ ।

मध्यप्रदेशको भोपालमा सोमबार भएको राष्ट्रिय कार्यकारिणी बोर्डको बैठकले यो निर्णय गरेको बताइएको छ । ‘मुस्लिम पर्सनल बोर्ड न्यायलयको यो फैसलाको उच्च सम्मान गर्दै तीन तलाककोविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने निर्णय गर्दछ’ फैसलामा भनिएको छ ।  यसअघि ‘तलाक ए बिद्दत’लाई मुस्लिम कानुनले मान्यता दिएको थियो जसअनुसार केटाले केटीलाई आफूखुसी तीन पटक ‘तलाक, तलाक, तलाक’ भनेपछि सम्वन्धविच्छेद भएको मानिन्थ्यो ।

प्रतिक्रिया