३ लाख रोहिंगा बंगलादेशमा

bangladesh-myanmar-rohingya-unrest-refugees_970eb8d6-955b-11e7-b219-301a51d93d0dयाङगुन । राखिन रज्यभित्र नै विस्थापित भएका रोहिंगा मुस्लिम समुदायलाई म्यानमार सरकारले सहयोगको बन्दोबस्त गर्न लागेको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले शनिबार जानकारी दिएको छ । म्यानमारको राखिन राज्यमा जारी हिंसाको १६आैँ दिनमा शनिबार पहिलोपटक केही मानवीय सहयोग गर्न लागेको सरकारको तर्फबाट जानकारी आएको छ । राखिन राज्यमा रोहिंगा मुस्लिम समुदायमाथि भएको यस आक्रमणको कारण १०औं हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन् ।

विस्थापित यी व्यक्ति पहाडी इलाकामा खाद्य पदार्थ, पानी, शरणार्थीस्थल र औषधी उपचारविना नै बसेका छन् । बंगलादेशले म्यानमार सरकारलाई देशभित्र नै विस्थापित भएका रोहिंगाहरूलाई सुरक्षित स्थानको प्रबन्ध गर्न लागि आग्रह गरेको छ । यद्यपि, रोहिंगा आतंककारीहरूको आक्रमणको कारण विस्थापित भएका करिब २७ हजार बौद्धधर्मावलम्बी र हिन्दू नागरिकहरू विद्यालय र आश्रमहरूमा सरकारको सहयोगका बसोवास गर्दै आएका छन् । गत अगस्त २५ बाट म्यानमारको राखिन राज्यमा सुरु भएको हिंसाको कारण म्यानमारबाट भागेर बंगलादेश पुग्ने म्यानमाली शरणार्थीको संख्या करिब ३ लाख पुगेको छ । शनिबार संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बंगलादेश पुगेका रोहिंगा मुस्लिम शरणार्थीको संख्या करिब लाख पुगेको छ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण उनीहरू देश छोडेर भागेका हुन् ।

म्यानमारमा गत २५ अगस्तबाट सुरु भएको हिंसाको कारण बंगलादेशको शरणमा पुगेका रोहिंगा मुस्लिम शरणार्थीको संख्या २ लाख ९० पुगेका संयुक्त राष्ट्रसंघको शरणार्थी निकायका प्रवक्ता जोसेफ ट्रिपुराले जानकारी दिए । छिमेकमा पर्ने यस राष्ट्र बंगलादेशमा म्यानमारका नागरिक जाने क्रम जारी रहेको छ । म्यानमारको अल्पसंख्यक हजारौं रोहिंगा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बंगलादेश छिर्ने सीमामा बसेका छन् । राष्ट्रसंघले गत हप्ता दिएको जानकारी अनुसार बंगलादेशमा कम्तीमा पनि १ लाख ६४ हजार शरणार्थी पुगेका थिए । उक्त संख्या बढेर शनिबारसम्म करिब ३ लाख पुगेको हो ।

म्यानमारको पश्चिमी राज्य राखिन र बंगलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा अधिकांश रोह्गिंा मुस्लिम समुदायका व्यक्ति बंगलादेश छिर्नका लागि पर्खेर बसेका छन् । उनीहरू दिनहुँ त्यसतर्फ जाने गरेका छन् ।  यो संख्या प्रतिदिन बढ्दो मात्रामा रहेको संयुक्त राष्ट्रसंघद्वारा जारी प्रतिवेदनमा जनाएको छ । संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बंगलादेशी अधिकारीहरूले भने त्यो संख्या अझै धेरै हुनसक्ने बताएका छन् । राखिन राज्यमा हिंसा मच्चिएको बताइएको छ । सोही कारणले म्यानमारी नागरिक भाग्नुपरेको उनीहरूको दाबी छ । तर पनि म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ ।

गत पाँच वर्षयता म्यानमारको राखिन राज्यमा जाति र धर्मका कारण हिंसा अत्यन्तै भड्किँदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिंगा राज्यमा सुरु भएको हिंसापछि बंगलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ । म्यानमारबाट भागेर आएका व्यक्तिले बंगलादेशको शरणार्थी शिविर भरिएको हुनाले स्थानीय व्यक्तिहरूले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ । म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिंगा मुस्लिमहरूको मृत्यु भएको छ भने लाखौंको संख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रूपमा रहेका बताइन्छ ।

प्रतिक्रिया