अफ्रिकी मुलुक नाइजरमा बाढीका कारण ४० जनाको मृत्यु

नायमी, १४ भदौ । पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन् ।

उत्त क्षेत्रमा गत शनिबारदेखि शुरु भएको बर्षा मङ्गलबार पनि जारी रह्यो । गवाउगौरा गाउँ प्रमुख सालेय अव्दाउहेले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खतरामुक्त क्षेत्रमा रहेका विद्यालयमा शिविर बनाई बस्न आग्रह गरेका छन् ।

सरकारले बाढी प्रभावित नागरिकलाई खाद्यान्न वितरण गर्ने व्यवस्था मिलाएको बाकोले बताए । उक्त क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले बास तथा तत्काल पुर्याउनुपर्ने आधारभूत सेवाको लागि काम गरिरहेका छन् ।

प्रतिक्रिया