कमलामाईमा लक्ष्मी बैंकको ६९औं शाखा

laxmi bankकाठमाडाैँ १३ भदौ । लक्ष्मी बैंकले सिन्धुलीको कमलामाईमा शाखा विस्तार गरेको छ । यो बैकको ६९औँ शाखा हो । बैंकको हस्पिटल सेवा काउन्टर, ९० एटिएम, २ हजार ५ सय भन्दा बढी रेमिटेन्स र ४ सयभन्दा बढी मोबाइल एजेन्ट रहेका छन् ।  बैंकले इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । बैंकले साना व्यवसाय कर्जा र व्यावसायिक कृषि क्षेत्रमा ध्यान केन्द्रित गरेको छ ।  सन् २००२ मा स्थापना भएको बैंकले शाखा तथा सूचना प्रविधिको माध्यमबाट बृहत् स्तरमा सेवा प्रदान गर्न सफल भएको दाबी गरेको छ ।

बैंकले करिब ७ सय कर्मचारीमार्फत ३८ जिल्लामा आफ्नो सेवा पु¥याएको छ । आव ०७३÷७४मा ५९ दशमलव ३२ अरब निक्षेप र ५२ दशमलव ७३ अरब कर्जा पु¥याएको बैंकको वासलातको आकार ७० दशमलव ९० अरब रुपैयाँ रहेको छ । सोही आवमा बैंकले १ सय करोडको हाराहारीमा खुद नाफा आर्जन गरेको छ ।  लक्ष्मी बैंकको इन्भेस्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट सन् २००९ देखि सञ्चालनमा रहेको छ । यसैगरी, देस्रो सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सन् २०१२ बाट कारोबार सुरु गरी हाल ५१ वटा शाखामार्फत लघुवित्त सेवाप्रवाह गरिरहेको छ ।

प्रतिक्रिया