स्पोर्टस् अवार्डमा साहस स्पोर्टस्को सहप्रायोजन

12

काठमाडौं १३ भदौ । यस वर्षको पल्सर स्पोर्टस अवार्डका लागि खेल पोसाक उत्पादक कम्पनी साहस स्पोर्टसले सहप्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा गर्न लागिएको अवार्डमा साहस स्पोर्टस् सहप्रायोजनको साथ पाएको हो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपानेले सोमबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरे । प्रायोजनबापत साहसले आवश्यक पोसाक प्रायोजन गर्ने भएको हो ।
अघिल्लो महिना मात्र साहसले भलिबल खेलाडी प्रतिभा मालीलाई आफ्नो ब्रान्ड एम्बसेडर बनाएको थियो । आफ्नो खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्धत गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्न मञ्चले स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । विगतका वर्षहरूमा जस्तै यसवर्षको स्पोर्टस् अवार्डलाई पनि वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट गरी ८ विधामा बाँडिएको छ । यस वर्ष पनि खेलाडी, प्रशिक्षकसहितलाई सम्मानित गर्ने मञ्चका महासचिव प्रकाश तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया