पश्चिमाञ्चल भलिबल खेलाडिलाई तिलकको सहयोग

h5पाेखरा । पश्चिमाञ्चलको महिला भलिबल टिमलाई पर्बत क्लब हङकङका सचिव तिलक गुरुङले नगद २५ हजारले सहयोग गरेका छन् । पश्चिमाञ्चल भलिबल संघका कोषाध्यक्ष हरी श्रेष्ठलाई गुरुङले सहयोग रकम हस्तान्तरण गरेका थिए । पोखराको लामाचौरमा सम्पन्न रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापनका अवसरमा हाल हङकङ निवासी गुरुङले शिवम् न्युडायमण्डकी खेलाडि प्रतिभा मालीको खेल प्रति प्रभाबित भई प्रोत्सहान स्वरुप नगद १० हजारले सम्मान पनि गरेका थिए । हाल पर्बतको मोदी गाउमालीका निवासी गुरुङ बैदेशीक रोजगारीको शिलशिलामा ११ बर्ष अगाडि हङकङ पुगेका थिए । पबर्त क्लब हङकङले ब्यावसायिक रुपमा नेपाली पुरुष भलिबल खेलाडीहरुको प्रत्येक बर्ष भलिबल प्रतियोगिता गदै आएको छ ।

पर्बत क्लब हङकङका सचिव गुरुङ भन्छन– नेपाली खेलाडीलाई निमन्त्रणा गरेर हामीले बिभिन्न क्लबबाट एक दिने प्रतियोगिता प्रत्येक बर्ष गराउदै आएका छौं , खेलाडीले आफ्नो प्रतिभा पनि देखाउने,बिदेशमा नेपाली मिलेर भलिबल प्रतियोगितालाई पर्बको रुपमा सदुपयोग पनि गर्ने गरेका छौं । गुरुङ भन्छन–नेपालका स्टार खेलाडीको खेल हेर्ने हजारौं नेपाली आउछन्,खेलाडीलाई प्रोत्सहन स्वरुप (लाईसी) दर्शकले नगद तथा जेन्सी सामान पनि दिन्छन् । हामीले चार बर्ष यता यो प्रतियोगितालाई ब्यवसाहिक रुपमा अगाडि बढाएका छौं , एक खेलाडी आते–जाते बस्ने खर्च र भिजा बापत लगभग नेपाली ३ लाखको हराहारीमा सम्बन्धीत क्लबले आफ्नो खर्चमा खेलाडी झिकाउने गर्छन् । त्यो सुरुवात हाम्रो पर्बत क्लब हङकङले गरेको थियो ।

h4

हामीले पहिलो चोटी राष्ट्रिय खेलाडी श्रवण श्रेष्ठलाई हङकङमा निमन्त्रणा गरेर खेलायौं । त्यस पछि अन्य क्लबले पनि राम्रा नेपाली खेलाडीहरु झिकाउने प्रतिस्पर्धा नै चल्यो । हामीले राम श्रेष्ठ,नेपाली टिम कप्तान इम राना,राष्ट्रिय खेलाडी सन्तु गुरुङ,सन्तोष गुरुङ,हाल आर्मीका स्टार खेलाडी धनवहादुर भट्ट,पुलिसका स्टार खेलाडी संजय अर्याललाई पबर्त क्लब हङकङबाट खेलाई सकेका छौं । संजय भने ब्यवसाहिक रुपमै पबर्त क्लब हङकङमा खेलिहेका छन् ।

प्रतिक्रिया