शक्ति सापटीको फोहरी खेल

वीरेन्द्र रावल

एक जना पाका राजनीतिकर्मीले समसामयिक राजनीतिका बारेमा गरेको टिप्पणी भरतपुर महानगरपालिकाको स्थगित मतगणनापछि पुनः मतदानबाट शनिबार प्राप्त परिणामसँग ठीक मिल्दोजुल्दो छ । पाका राजनीतिकर्मीले भनेका थिए, ‘छलकपट, साम, दाम, दण्ड, भेदविना राजनीतिमा टिक्नै नसकिने अवस्था बनाइयो, जबकी राजनीति पवित्र उद्देस्य लिएर जनमतद्वारा सत्तामा जाने, जनताको सेवा गर्ने कर्म हो ।’ उनले छोटो र तिखो शब्दमा भनेका थिए, मुलुकको राजनीति ‘ढुंगा पेल, बालुवा पेल देऊ मेरो तेल’ भन्ने उखान जस्तो भयो । ढुंगा, बालुवाबाट कदापि तेल निस्कँदैन तेल त केवल तेलहन बालीबाट मात्र निस्कन्छ । तर, नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने होभने यस्तै बनाइन थालेको छ ।

लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना तथा विधि र कानुनी शासनको कुरा सबैभन्दा बढी फलाक्ने दल कांग्रेसको हो तर कांग्रेसकै नेतृत्व तथा सहभागितामा भरतपुर प्रकरण भएको छ । सबैले खाएपछि खाने राजा महिन्द्र मल्ल जो काठमाडांै उपत्यकामा मल्ल कालमा शासन गर्दथे एक ताका । गौतम बुद्ध, सीता र भृकुटी पनि बस्दथे यही देशमा । ‘न्याय नपाए गोरखा जानु’, भन्ने कहावत राजा रामशाहले चलाएका थिए । तर, यहि देश हो जहाँ १० वर्षसम्म जनयुद्धका नाममा मान्छेको रगतको खोलोसमेत बगेको थियो । अनाहकमा गरिबका छोराछोरीले विनाकारण ज्यान गुमाएको देश पनि हो नेपाल । १ सय ४ वर्षे राणा शाही र २ सय ४० वर्ष लामो शाहीकाल पनि नेपाली जनताले भोगेकै हुन् । कोतपर्व, अलौपर्व, नारायणहिटी काण्ड, सुनिता–नमिता काण्डलगायत काण्डै काण्डले भरिएको यो देश लोकतन्त्र, गणतन्त्र हुँदै संघीय संरचनामा जानकै लागि भएको स्थानीय तहको निर्वाचनसमेत काण्ड र कर्मकाण्डबाट अलग हुन सकेन । केवल बोतल बदलिएको तर मदिरा उही भनेभैmँ मात्र भएको छ नेपालको राजनीतिक परिवर्तनको अवस्थालाई हेर्दा । जनताले पटकपटक व्यवस्था परिवर्तनका लागि ठूलो मूल्य चुकाउनु परेको छ । जनताले समाजमा सकरात्मक परिवर्तन होस् भनेर नै हरेकपटक सरकारले आव्हान गरेका चुनावहरूमा सक्रियतापूर्वक भाग लिने गरेका छन् । जनता चुनावमा जानुको उद्देस्य कुनै दल विशेषलाई सत्तामा पु¥याउन मात्रै नभई देशमा आमूल परिवर्तन होस् भन्ने हो ।

१९ वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनमा नेपाली जनताले सक्रियतापूर्वक भाग पनि लिए । मधेसबाहेक देशका अधिकांश स्थानहरूमा स्थानीय निर्वाचन निर्वाधरूपमा सम्पन्न भयो । तर, भरतपुर जहाँ कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रको उपहास गरे । शक्ति सापटीको फोहोरी खेलमा लोकतन्त्रमाथि मात्रै उपहास भएन राजनीति भनेको नैतिकहीन खेल हो भन्ने प्रमाणित गर्न खोजियो । लोकतान्त्रिक माध्यमबाट प्राप्त भएको सत्ता र शक्तिबाटै अन्याय हुँदो रहेछ भन्ने हिटलरकालीन जर्मनीको झल्को दिइयो ।  दोस्रो चरणको स्थानीय निर्वाचनमा मुलुक होमिइरहेको बेला भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगिसकेको थियो । वडा नम्बर १९ र २० को मतगणना मात्रै बाँकी थियो । १९ को मतगणना भइरहेका बेलामा २ जना माओवादीका कार्यकर्ताले बाँदरे प्रवृति देखाउँदै मतपत्र च्याते । मतगणना कार्य रोकियो । एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस र माओवादी गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार बनेकी दाहालपुत्री रेणु दाहालभन्दा ७ सय भोटको अन्तरमा अग्रस्थानमा थिए । हार सुनिश्चित देखिएपछि माओवादी कार्यकर्ताहरूले बाँदरे प्रवृत्ति देखाइहाले । त्यो कार्य सुनियोजित षड्यन्त्र थियो भन्नेमा दुईमत नै छैन ।

मतपत्र च्यातिएको विषयलाई लिएर घटनाको छानविनका लागि ३ सदस्यीय छानबिन समिति पनि बनाइयो । छानबिन समितिको सिफारिसका आधारमा पुनः मतदान गर्ने षड्यन्त्रको जालोभित्र निर्वाचन आयोग छि¥यो । एमालेले त्यस निर्णयलाई मान्न नसकिने भन्दै सर्वोच्चमा रिट निवेदन दियो । सर्वोच्च अदालतले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर ग¥यो । आयोगले २० साउनमा भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्यो । यस अवधिमा माओवादी केन्द र कांग्रेस गठबन्धनले ‘ढुंगा पेल, बालुवा पेल देऊ मेरो तेल’ भन्ने नीतिलाई अबलम्बन गर्दै साम, दाम, दण्ड, भेदको राजनीतिलाई व्यापक बनाउँदै लगे । १९ नम्बर वडा जहाँ मत पत्र च्यातिए त्यो वडामा चुनावको मिति तोकिनु पूर्व नै सत्ता र शक्तिको व्यापक दुरुयोग गरियो । २१औँ शताब्दीका हामी नेपाली त्यसमा पनि चितवन भरतपुरका जनतालाई भेडाबाख्राको दर्जामा माओवादीले परिणत गरायो । द्वन्द्वकाललाई चटक्कै बिर्सेछन् भरतपुरका न्यायप्रेमी जनताले । चितवनको माडी घटनालाई पनि चटक्कै बिर्सेछन् चितवन भरतपुरका जनताले ।

२० गते सम्पन्न मतदानको मतपरिणाम २१ गते शनिबार राती ९ बजेभित्र आयो । माओवादी केन्द्रकी रेणु दाहाललाई चितवनको मुख्य निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा गरे । रेणु दाहाल भरतपुर महानगरपालिकाका लागि साम, दाम, दण्ड, भेदबाट निर्वाचित भइन् भन्नेमा कुनै हिचकिचहाट नै रहेन । मतपत्र च्यात्ने कारण ः जब एमालेका उम्मेदवार ज्ञवालीले १९ वडाको मतगणना अन्तिम अवस्थामा पुग्न लाग्दा ७ सयको हाराहारीमा अग्रता लिइरहेका थिए । यो अग्रताले माओवादी उम्मेदवारले चुनाव हार्ने पुष्टि गरिसकेको थियो । त्यहि बेला दाहाल र देउवाको निर्देशनमा मतपत्र च्यातियो । यो पहिलो षड्यन्त्र थियो । सर्वोच्चको पैmसला ः न्यायलयद्वारा कानुनका अक्षरहरू हेरेर मात्रै पैmसला गर्दैन । नियत पनि हेरिन्छ । अब हुने निर्वाचनहरूमा मत पत्र च्यात्ने नजिर बन्न सक्छ ।

जनताको विचार जलाइयो ः १९ नम्बरका जनताले प्रचण्ड गर्मीमा दिनभर लाइनमा बसेर मन परेको उम्मेदवारलाई जसरी मत दिए त्यसको ठीक विपरीत परिणाम प्राप्त हुन गयो । भरतपुर–१९ का जनताको विचारलाई समेत जलाउने कार्य भएको छ । जनताले दिएको मतलाई सर्वोच्चको आदेशमा आगो लगाउने कार्य भएको छ । जनता यस अर्थमा दुःखी भएका छन् कि विचारमा समेत आगो लगाउने कार्य भयो भनेर । गलत नजिर स्थापित ः भरतपुर–१९ को मतपत्र च्यातिएपछि यसले नेपालमा स्थापित न्यायको सिद्धान्तलाई ठाडै चुनौति थपिदिएको छ । अब त समाज, गाउँ सहरमा यस्तो हल्ला पनि सुरु भइसक्यो चुनावमा पराजय हुन लागेको संकेत मिल्ने बित्तिकै चुनावको मत परिणाम आफ्नो पोल्टामा पार्नका लागि वा जित्नका लागि मतपत्र च्यात्नु नै उत्तम विकल्प हो भन्ने । विभिन्न संघ÷संस्था, क्लबदेखि लिएर विभिन्न निकायमा हुने निर्वाचनहरूमा अब भरतपुरको नियति नआउला भन्न सकिँदैन त्यतिबेला सर्वोच्च वा नियमनकारी निकायको भूमिका कसरी अघि बढ्छ गम्भीर चुनौतिको विषय छ ।
किन खुसी छैनन् जनता ः शक्ति सापटी लिएर एमाले हराउनका लागि जुन खाले षड्यन्त्रका तानाबाना बुनिए भरतपुरमा, यसबाट नेपाली जनतामा निराशा र कुण्ठा सिर्जना हुनु स्वभाविक नै हो । जनतामा कुनै उत्साह छैन ।

सामाजिक सञ्जालमार्फत नांगेझार ः साउन २० गते भरतपुर–१९ मा पुनः मतदान गर्ने भन्ने निर्णयसँगै नेपालमा मात्र होइन विदेशमा बस्ने नेपालीहरूले आफ्ना अभिव्यक्तिहरू सामाजिक सञ्जालमार्फत दिइसकेका थिए कि चितवनमा देवी ज्ञवाली हराउनका लागि पुनः मतदान गर्न लागिएको हो भनेर ।  हरेक मानिसहरूले चितवनको मतपरिणामलाई आश्चर्य मानेका छन् । उक्त परिणाम शक्ति, सत्ताको दुरूपयोगबाट आएको भन्दै व्यापक असन्तुष्टि र विरोधहरू हुन थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लोकतन्त्रमाथि नै यो गठबन्धनले प्रहार गरेको । न्याय, स्वतन्त्रता र विधीको शासनको धज्जी उडाएको उल्लेख गरेका छन् ।

विपरीत ध्रुवहरूको आकर्षणलाई विज्ञानले पनि स्वीकार्दैन । पारिवारिक विरासत, थोत्रा नीति सिद्धान्तबाट माथि उठ्न नसकेको कांग्रेस र नेपाली भूमिमा बन्दुकको बलमा सत्ता कब्जाको असफल प्रयोग गरेको माओवादी एकै ठाउँमा उभिएका छन् । माओवादी केन्द्र उग्रवादको पराकाष्ठाबाट थलिएर जनताबाट बहिष्कृत बनेको झुन्ड हो । राष्ट्रवादी शक्ति एमालेलाई कमजोर बनाउनका प्राविधिक रूपले विदेशी प्रतिक्रियावादीहरूले कांग्रेस र माओवादीलाई सहकार्यमा उभ्याएका हुन् । विदेशीको इशारामा यो गठबन्धनलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि सँगै लिएर जान सक्ने खतरा छ । आमराष्ट्रवादी शक्तिहरू एकजुट भई अलोकतान्त्रिक र अराष्ट्रवादी गठबन्धनविरुद्ध डट्नु जरुरी छ ।  ‘रावल नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका केन्द्रीय उपाध्यक्ष हुन् ।’

प्रतिक्रिया