सम्मानित संस्थालाई बदनाम नगर !

राष्ट्रपति कार्यालयले सरकारलाई गाडी किन्न मागेको १६ करोडको विषयले यतिबेला सामाजिक सञ्जालमा उत्पात मच्चिएको छ । एक नेपाली राष्ट्रिय दैनिकले यो विषयको समाचारलाई प्राथमिकताकासाथ संम्प्रेषण गरेपछि यो विषयको पक्ष विपक्षमा बहसै सुरु भएको छ । आवश्यकता र विलासिताबीच समय, परिस्थिति, फरक कुरा हुन् । आवश्यकता र विलासिता खासमा भन्दा घा“टी हेरेर पनि छुट्टिने गर्छ । आधारभूत आवश्यकता त समय, परिस्थिति र घा“टी हेरेर त्यसको सापेक्ष हुन्छ भने सोबाहेक त झन् कुरै नगरौ“ ? नेपालको सम्दर्भमा जुनसुकै संस्था वा व्यक्तिले उपयोग गर्ने वस्तु यत्तिको मह“गो हुनुलाई विलासिता नै भन्नु पर्दछ । त्यसमा पनि राज्यको ढुकुटीबाट यस्तो वस्तु किन्न खोज्दा आमनागरिकको चासो हुनु अस्वाभाविक मान्न सकिन्न । कतिपयले यसलाई एमाले पार्टीस“ग जोडेर आलोचना पनि गर्न खोजेको देखिन्छ । कतिपयले भने सम्मानित संस्था राष्ट्रपतिलाई नै इंगित गरेर तथानाम भनेको पनि देखिएको छ । अरू त अरू आफूलाई बौद्धिक, वा वरिष्ठ भन्नेहरूले पनि यसलाई टिप्पणीको विषय बनाएका छन् ।

हल्ला यसरी चलाइएको छ मानौ राष्ट्रपतिको रूपमा सधै“ विद्या भण्डारी नै रहनेछिन् र उनैले आफू चढ्नकै लागि यति मह“गो सवारी झिकाउन लागेकी हुन् । सबैलाई थाहा छ राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको पदावधि अबको बढीमा आठ महिना मात्र हो । किनभने संविधानले ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन गराउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सोही अनुसार स्थानीय तहको निर्वाचन एउटा प्रदेशवाहेक लगभग सकिएको छ । अब प्रदेश र संसद्को निर्वाचन भएस“गै राष्ट्रपतिको निर्वाचन पनि स्वतः हुने हो । अर्को कुरा राष्ट्रपति निर्वाचित भएस“गै विद्या भण्डारीले पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिएको घोषणा गरेकी छन् । एकपटक राष्ट्रप्रमुखको भूमिका निर्वाह गरिसकेको मान्छे फेरि दलीय राजनीतिमा आउने संसारमा प्रायः छैनन् । त्यसो हुनाले वर्तमान राष्ट्रपति फर्केर पुनः एमालेको राजनीतिमा फर्कनै सम्भावना पनि छैन । अघिल्ला राष्ट्रपति डा. रामवरण यादवले पनि त्यति कुराको ख्याल गरेर आफूलाई जोगाएकै छन् । राष्ट्रपतिले चढ्न त के छुनै नपाउने दिन भइसक्ने पनि निश्चतजस्तै छ ।

विद्याभण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी मात्र होइनन् । अनावश्यक आलोचना र स्याल हुईया चलाउनेहरूले विद्या भण्डारी भन्ने व्यक्ति अहिलेका लागि मात्र नेपालको राष्ट्रपति भएकी हुन् भन्ने बुझ्न जरुरी छ । नेपाली संसद्ले राष्ट्रपति छानेको हो, वंशका आधारमा सधै“ शासन गर्ने राजा होइन् । उनलाई एमालेस“ग जोडेर आलोचना गरिनु त झन् पूर्वाग्रहको पराकाष्ठा नै हो । राष्ट्रपति कुनै पनि मुलुकको देशको प्रमुख हो । सो देशको गौरव, प्रतिष्ठा र अभिभावक पनि हो । जानेर नजानेर सो संस्थाको आलोचना गरिनु आकासतिर फर्केर थुक्नुजस्तै हो । नेपालीको सभ्यता र संस्कृति यतिविघ्न विकृत छैन र हुनु पनि ह“ुदैन । तर, अब कुरा उठिसकेपछि राष्ट्रपतिले यसप्रति सचेत हुनै पर्छ । आफ्नो नाममा राष्ट्रको ढुकुटी दुरुपयोग हुन दिने छैनन् ।

प्रतिक्रिया