आँपको उत्पादन घट्यो, मूल्य बढ्यो

Mango-tree
सिरहा १९ असार । आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष बढी आँप फलेको थियो तर यो वर्ष कम फल्नुको साथै रोगकिराले समेत असर पारेकाले यसवर्ष आँप उत्पादन घट्ेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष पाँच हजार एक सय ७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर आठ दशमलव चार प्रतिशतका दरले ४३ हजार चार सय २८ सय मेट्रिक टन आँप उत्पादन भएको सो कार्यालयका बागबानी अधिकृत विन्देश्वर यादवले बताए । गतवर्ष चार हजार नौ सय ५० हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर आठ दशमलव पाँच प्रतिशतका दरले ४२ हजार ७५ मेट्रिक टन आँप उत्पादन भएको थियो । यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पु¥याएपछि आँपखेतीको क्षेत्रफल बढेपनि उत्पादन घटेको बागबानी अधिकृत यादवले बताए ।

आँपको उत्पादन घटेसँगै सिरहामा आँपको मूल्य ह्वातै बढेको छ ।यसवर्ष लहानसहितका बजारमा मालदह आँप प्रतिकिलो सय, बमई आँप प्रतिकिलो एक सय २०, सरही आँप ६०, अन्य आँप प्रतिकिलो ५० मा बिक्री हुँदै आएको छ । जबकी गतवर्ष सिरहामा प्रतिकिलो मालदह ५०, बमई ४० र अन्य आँप ३० रुपैयाँका दरले बिक्री भएको थियो । आँपको सुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्नसक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।यहाँकोे आँप काठमाडौं, विराटनगर, पोखरासहित मुलुकको विभिन्न सहरका साथै भारतलगायत अन्य छिमेकीमुलुकमा निर्यात हुँदै आएका छन् ।

प्रतिक्रिया