साइपाल बास्केटबल आइतबारदेखि

काठमाडौं । साइपाल एकेडेमीको आयोजनामा तेस्रो साइपाल कप थ्रि बाई थ्रि बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ समान ३२–३२ गरी ६४ टिमको सहभागिता रहने साइपालका प्रिन्सिपल सुमन नगरकोटीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्रत्येक समूहको शीर्ष दुई स्थान हासिल गर्ने टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । ब्वाइज र गल्र्समा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिनेलाई जनही ६० हजारबराबरको छात्रवृत्ति प्रदान गरिने बताइएको छ । ब्वाइजमा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र गल्र्समा हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसिए) डिफेन्डिङ च्याम्पियन हुन् । तीनदिने प्रतियोगिताका खेलहरू धुम्बाराहीस्थित आयोजककै कोर्टमा हुनेछ । (सौस)

प्रतिक्रिया