अदालतबाट अवैधानिक ठहर श्रेष्ठ नेतृत्व ओलम्पिक मुभमेन्ट गर्दै

olympic movement1काठमाडौं । अदालतबाट अवैधानिक फैसला भएको जीवन श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले ओलम्पिक दिवस सन् २०१७ मनाएको छ । यसअघि अदालतले अवैधानिक फैसला गरेका श्रेष्ठ नेतृत्वको ओलम्पिक शनिबारदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ । नेपाल ओलम्पिक कमिटीको वैधानिकताको विषयमा २०६५ सालमा पहिलोपल्ट सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला करिब चार वर्षअघि भए पनि कार्यान्वयन हुन सकेको थिएन । तर, आफूले फैसला गरेको मुद्दा कार्यान्वयन नभएको भन्दै सर्वोच्चको फैसला महानिर्देशनालयले २७ मंसिर (सोमबार) गृहमन्त्रालयलाई फैसला कार्यान्वयन गराउन आदेश दिएको थियो ।
अदालतले वैधानिकताको मुद्दामा रुक्मशम्शेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटी वैधानिक भएको फैसला सुनाएको थियो ।त्यसपछि रुक्मशम्शेर र किशोरबहादुर सिंह पक्षको ओलम्पिक कमिटी गतवर्षको चैतको पहिलो सातादेखि नै ओलम्पिक कमिटीको भवन बस्दै आइरहेका छन् । यद्यपि, श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले भवन बाहिरबाटै ओलम्पिक मुभमेन्ट गर्दै आइरहेको छ । त्यसैअनुरूप श्रेष्ठ नेतृत्वले एक सातासम्म कार्यक्रम घोषणा गरेको छ । किशोरबहादुर सिंह र राणा पक्षले भने २३ जुन ओलम्पिक डेमै एक दिने कार्यक्रम गर्ने योजना बनाएको छ ।

असार ९ गतेसम्म जारी रहने सो दिवसअन्तर्गत नेपालका विभिन्न सांस्कृतिक कार्यक्रमकाबीच विभिन्न खेलकुद गतिविधि तथा सडक चेतना अभिवृद्धि सञ्चालन गरिने जनाएको छ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झन्डा फहराएर कार्यक्रमको शुभारम्भ गर्दै ओलम्पिक आन्दोलन मानव जातिको स्वस्थ्य जीवन तथा बौद्धिक विकासका लागि महत्वपूर्ण रहँदै आएको बताए ।

यद्यपि, सातदोबाटोस्थित ओलम्पिक भवन अगाडि नै रहेको अखिल नेपाल लन टेनिस हलमा ओलम्पिक कार्यक्रममा सञ्चालन गरिरहँदा अदालतले ओलम्पिक मुभमेन्ट नगर्न गरेको फैसलाको श्रेष्ठ पक्षले धज्जी उडाए । अदालतले अवैधानिक ठहर गरेको श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले ओलम्पिक दिवसको रूपमा टेनिस, बास्केटबल, कवर्दी, तेक्वान्डो, गल्फ, बक्सिङ, साम्बो, पौडी, चेस, सुटिङ र आर्चरीलगायत खेल सञ्चालन गर्ने जनाएको छ । जुडोका खेलाडीले सडकमा ट्राफिक व्यवस्थापनमा सहयोग गर्नेछन् । किशोरबहादुर सिंह पक्ष ओलम्पिक कमिटीका सदस्य विजेन्द्र हमालले अदालत अवैधानिक ठहर गरिसकेको अवस्था यस्ता कार्यक्रम घोषण गर्नु श्रेष्ठले पक्षले कानुन राज्यको धज्जी उडाएको आरोप लगाए ।

यसअघि खेलकुद मन्त्रालयले नै संघहरूलाई जीवनराम पक्षसँग काम नगर्नु भन्ने निर्देशित गरिसकेको अवस्थामा पनि संघहरूले त्यसलाई नमान्नु कानुनविपरीत रहेको बताए । हमालले ओलम्पिक डे मनाउने नाममा अवैधानिक ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिकबाट आएका बजेटको चरम दुरुपयोग गरिरहेको दाबी गरे । श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीमा सन् २०१६ मा मात्र विभिन्न शीर्षकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाबाट ४ लाख ४ हजार २११ अमेरिन डलर आएको थियो ।

खाता नं.04005020262569 को संयुक्त खाता जसमा जीवनराम, रतन टण्डन र लामा टेण्डी शेर्पाको हस्ताक्षरबाट चल्ने खातामा उक्त रकम आउने गरेको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) वार्षिक अनुदान १० लाख पाई राख्ने गरेको छ । यद्यपि, त्यो रकम कहाँ कुन शीर्षकमा खर्च गरिएको छ भन्ने श्रेष्ठ पक्षले सार्वजनिक गरेको छैन । ओलम्पिकको आधुनिक ओलम्पिक खेलको सुरुआत सन् १८९४ जुन २३ का दिन भएको इतिहास पाइन्छ । त्यसैको सम्झनामा प्रत्येक वर्ष विश्वभर सो दिवस मनाइँदै आएको छ । नेपालसहित विश्वका २०७ राष्ट्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य मुलुकका रूपमा छन् । नेपालले सन् १९६३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्यता प्राप्त गरेको थियो ।

प्रतिक्रिया