इंग्लिस प्रिमियर लिग १२ अगस्टदेखि

_96483566_chelsea_players_celebrating_gettyimagesलन्डन । फुटबल प्रेमीहरूका लागि निकै बन्ने इंग्लिस प्रिमियर लिग(इपिएल) फुटबलको नयाँ सिजन आगामी अगस्ट १२ (साउन २८) देखि सुरु हुने भएको छ । प्रिमियर लिग २०१७–१८ सिजनको खेल तालिका बुधबार सार्वजनिक भएको छ । सिजनको पहिलो खेलमा यो सिजनको विजेता चेल्सीले घरेलु मैदानमा बर्नलीसँग खेल्नेछ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएका ३ क्लब न्युक्यासलले टोटनह्याम, ब्राइटनले म्यानचेस्टर सिटी तथा हडर्सफिल्डले क्रिस्टल प्यालेससँग पहिलो खेल खेल्नेछन् । सिजनको अन्तिम खेल सन् २०१८ को मे १३ मा हुने तय भएको छ । यो सिजन न्युक्यासल, ब्राइटन तथा हडर्सफिल्ड बढुवा भएर प्रिमियर लिगमा आएका हुन् ।
यस्तै चेल्सी, टोटनह्याम, म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, क्रिस्टल प्यालेस, बर्नली, बोर्नमाउथ, एभर्टन, लेस्टर सिटी, साउथह्यामप्टन, स्टोक सिटी, स्वान्सी सिटी, वाट्फोर्ड, वेस्ट ह्याम र वेस्ट ब्रोम पुराना टिम हुन् । यो सिजन हल सिटी, मिडल्सबर्ग र सन्डरल्यान्ड रेलिगेसनमा परेर म्याम्पियनसिपमा घटुवा भएका छन् । (एजेन्सी)

प्रतिक्रिया