बलियो भारतलाई हराउँदै नेपाल फाइनलमा

main news....nepal beat india

काठमाडौं ५ जेठ। नेपालको ब्वाइज टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा नेपालले बलियो मानिएको प्रतिद्वन्द्वी भारतलाई २–१ ले पराजित ग¥यो । फाइनलमा स्थान सुरक्षित गरेसँगै नेपाल काजाकिस्तानमा नोभेम्बरमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा स्थान पक्का गर्न सफल भएको छ । फाइनल पुग्ने दुई राष्ट्र काजाकिस्तानमा हुने च्याम्पियनसिपलाई छनोट हुने प्रावधान अनुरुप ब्वाइजमा बंगलादेश पनि सफल भयो । अर्को सेमिफाइनलमा बंगलादेशले भुटानलाई ३–० ले हराउँदै नेपालसंग फाइनल भेट पक्का ग¥यो ।
पहिलो सिंगल्समा आरभसम्राट हाडाले भारतका बालाजी निथिस लथा नल्लुसामीलाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाउँदै नेपाललाई विजयी सुरुआत दिलाए । अर्को सिंगल्समा नेपालका आर्यन गिरी भारतका आयुशमान अर्जेरियासंग ६–१ र ६–० को सोझो सेटमा पराजित भए । डबल्समा भने आरभ र आर्यनको जोडीले भारतका आयुशमान र कृषाङ रघुवंशीलाई ७–५ र ६–४ ले निराश पार्दै काजाकिस्तानको टिकट पक्का गरेका थिए । ‘सोचे भन्दा राम्रो नतिजा आएकोमा खुशी छु ।’ भारत बलियो प्रतिद्वन्द्वी हो । यद्यपी भारत कडा टक्कर दिनु पर्छ भन्नेमा थियौं । घरेलु कोर्ट र खेलाडीले राम्रो प्रदर्शन गरेकाले जित सम्भव भयो ।’
नेपाली ब्वाइज टिमका प्रशिक्षक कृष्णराज घलेले भने– ‘अब फाइनलमा हाम्रो प्रतिद्वन्द्वी बंगलादेश हो । बंगलादेश शारीरिक रुपमा बलियो भएपनि प्राविधिक पक्षमा हाम्रो खेलाडी राम्रा छन् । फाइनलमा पनि केटाहरुले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु ।’गल्र्सतर्फ श्रीलंका र भारत फाइनलमा पुग्दै काजाकिस्तानको यात्रा पक्का गरे । श्रीलंकाले नेपाल तथा भारतले बंगलादेशलाई समान ३–० ले पाखा लगाए । नेपालबाट सिंगल्समा सर्भानी श्रेष्ठ र ईशाश्री शाह तथा डबल्समा ईशाश्री र सुभांगीलक्ष्मी शाहले प्रतिस्पर्धा गरेका थिए । तीनै स्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित भए । फाइनल शुक्रबार हुनेछ ।

प्रतिक्रिया