गठ्ठाघरमा भेटिएको बम सेनाद्वारा निस्कृय

saketbamभक्तपुर, ३१ वैशाख ।एमालेका तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ ।

आइतबार बिहान ५ बजे कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अवस्थामा गठ्ठाघरस्थित श्रेष्ठको घर अगाडि भेटिएको सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय(डिस्पोज) गरेको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

प्रतिक्रिया