सिलिन्डर बम विस्फोट हुँदा एक घाइते

silinder bamहेटौँडा, २८ वैशाख । हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बम विस्फोट गराएको स्थलमा प्रहरी टोली पुगी छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी वसन्त लामाले जानकारी दिए ।

प्रतिक्रिया