राप्रपाका उम्मेदवार मृत भेटिए

mritबनेपा, २८ वैशाख । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् ।

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका डिएसपी नवीनराज राईले जानकारी दिए।

‘कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ’, डिएसपी राईले भने।

प्रतिक्रिया