चुनावमा सेना परिचालन गर्न स्वीकृति

building-president
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । सुरक्षा परिषद् र मन्त्रिपरिषद्को निर्णय एवं प्रधानमन्त्रीको सिफारिसअनुसार सेना परिचालन गर्न बिहीबार राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् । राष्ट्रपति कार्यालयले संविधानको धारा ६६ को उपधारा २ बमोजिम निर्वाचनमा सेना परिचालन गर्न अनुमति प्रदान भएको जानकारी दिएको छ । ‘स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७३ र १२ र ९ को निर्णय, मन्त्रिपरिषद्को मिति २०७३ र १२ र २९ को निर्णय तथा प्रधानमन्त्रीको मिति २०७३ र १२ र २९ को पत्रमा उल्लिखित सिफारिसबमोजिम ०७४ साल वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान भएको छ’ राष्ट्रपति कार्यालयकी सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कार्यालयले ३१ वैशाखको स्थानीय निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न अनुमति प्रदान गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया