बस दुर्घटनामा पाँचको मृत्यु

पर्वत । मुस्ताङको बाह्रगाउँ मुक्तिनाथ गाउँपालिकाअन्तर्गत कागबेनीको फोलोथानमा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मुक्तिनाथ दर्शन गरेर जोमसोमतर्फ फर्कंदै गरेका तीर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारमा जोमसोम लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ भने १४ जना गम्भीर घाइते भएका छन् । घटनामा परी ज्यान गुमाउनेहरूमा काठमाडौंका ५५ वर्षीय भोला अधिकारी, ४५ वर्षीय पुरुषोत्तम ढकाल, ललितपुरकी ४५ वर्षीया लीला खड्का, ७० वर्षीया कान्ति खड्का र भक्तपुरकी सीता तिमिल्सिनाको मृत्यु भएको डिएसपी हरिहर योगीले जानकारी दिए । घट्नामा गम्भीर घाइते भएका १४ जनालाई हेलिकोप्टरमार्फत मणिपाल शिक्षण अस्पताल लगिएको छ भने अन्य ६ जना घाइतेको जोमसोम अस्पतालमा उपचार भइरहेको छ । ३६ जना यात्रु सवार रहेको उक्त बस ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया