नदीशको ‘हाँगामा झुन्डिएको आत्मकथा’ सार्वजनिक

bisadha

काठमाडौं । अलग अभियन्ता कवि नदीशकृत पहिलो कविताकृति ‘हाँगामा झुन्डिएको आत्मकथा’ सार्वजनिक भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले कृतिको लोकार्पण गरे ।कवि ज्योति जंगल र समीक्षक गुरुङ सुशान्तले नदीशका कविताउपर आलोचनात्मक टिप्पणी गरे । ज्योतिले नदीशका कवितामा अस्तित्व बोधको मीठो अभिव्यक्ति र जीवनलाई हेर्ने दृष्टिकोणमा परिपक्कता पाएको बताइन् भने सुशान्तले नदीशले निजत्व निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए । कविको प्रशंसा गर्दै तुलसी दिवसले भने, ‘नदीश आप्mनो लेखनमा आप्mनो भोगाइ अनुरूप इमानदार छन् र उनका कवितामा भविष्य मात्रै होइन वर्तमान पनि उज्यालो रहेको पाइन्छ ।’विमोचित कृतिबाट कविद्वय प्रतिमा पाठक र नवराज पराजुलीले कविता वाचन गरेका थिए । ‘हाँगामा झुन्डिएको आत्मकथा’ मा ३८ कविता संगृहित छन् । पुस्तकको प्रकाशन अलग आर्ट हबले गरेको हो ।

प्रतिक्रिया