मद्रास । बहुप्रतिक्षित बाहुवली २ फिल्मको रिलिज मिति संकटमा परेको छ । साउथ इन्डियन फिल्म बाहुवली २ लाई लिएर तामिलाडु, मद्रासलगायत क्षेत्रमा तनाव उत्पन्न भएको छ । मद्रास उच्च अदालतले यो फिल्मको अधिकारदातालाई सूचना पठाएको छ । अदालतले एक डिस्ट्रीब्युटर्सको मुद्दाको सुनुवाइ गर्दै यो सूचना फिल्मको राइट ओनर्सलाई पठाएको हो । अदालतले २८ अप्रिलमा तय भएको फिल्मको रिलिजमा रोक लगाएको छैन तर फिल्मको तमिलनाडुका अधिकारदाता श्री ग्रोन प्रोडक्सनका प्रमुखलाई १८ अप्रिलसम्म जवाफ दिन अदालतले आदेश दिएको छ ।
चेन्नइको एस मिडिया कम्पनीले मुद्दा दर्ता गर्दै आरोप लगाएको छ कि सो प्रोडक्सन कम्पनीले बाहुबली–२ को थिएटर एग्जिविसन अधिकार तमिलनाडुमा लिएको हो । सन् २०१७ जनवरीमा ग्रीन प्रोडक्सन एस मिडियामा ऋणको लागि पुगेको थियो । सो प्रोडक्सन कम्पनीले बाहुवली–२ को रिलिज पूर्व पूरा रकममा १० लाख भारु अतिरिक्त जोडेर प्रभु देवा स्टुडियो प्राइभेट लिमिटेडलाई दिने सर्तमा एस मिडियाबाट ऋण लिएको थियो । ऋण नचुकाई ग्रीन प्रोडक्सनले फिल्मको रिलिजलाई लिएर अर्को पक्षसँग साँठगाँठ गरेकोमा ऋण दिने एस मिडियाले मुद्दा दर्ता गरेपछि भारतको केही क्षेत्रमा फिल्मको रिलिज मिति प्रभावित हुने देखिएको हो ।
प्रतिक्रिया