कञ्चनपुर आइकोनिक र विराटनगर विजयी

धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बिहीबार भएका खेलमा कञ्चनपुर आइकोनिक र विराटनगर किंग्सले जित हात पारेका छन् । पहिलो खेलमा कञ्चनपुर आइकोनिकले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको हो । दोस्रो खेलमा विराट नगर किंग्सले सिवाइसी अत्तरियामाथि ८ विकेटको शानदार जित दर्ता ग¥यो । सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनायो । कञ्चनपुरका लागि सुनील धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । सागर पुनले ४३ बलमा २० रन वनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले २–२ विकेट लिए । सुशन भारी र प्रेम तामाङले १–१ विकेट लिए ।
बिहीबार सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाएर अल आउट भयो । धनगढीका लागि पारस खड्काले २३ बलमा २३ रन, आरिफ शेखले ३२ बलमा २२ रन पृथु बास्कोटाले १७ बलमा १९ रन र अनील मण्डलले १५ बलमा १२ रन बनाए । धनगढीका ४ जना ब्याट्सम्यान शून्यमा आउट भए । प्रेम तामाङ र सुसन भारी १–१ रनमा आउट भए । धनगढीले ५ रन जोड्दा आफ्ना बाँकी सबै विकेट गुमाएको हो । कञ्चनपुरलाई जिताउन अभिनाश कर्णले ३, ललित भण्डारी र चन्द्र साउदले २–२ विकेट लिए । सिद्धान्त लोहनी र सुनिल धमलाले १–१ विकेट लिए । लगातार दुई हारपछिको पहिलो जित हात पार्नुमा बलरहरूले अन्तिम ओभर उत्कृष्ट खेल देखाएको बताए । अघिल्लोपटक भएको धनगढी क्रिकेट लिगको च्याम्पियन टिम धनगढीले लगातार २ खेल गुमाएपछि पछिल्ला खेल जित्ने चुनौती बढेको छ ।
लिगअन्तर्गत बिहीबार दिउँसो भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो । अत्तरियाका लागि मेहबुब आलमले २७ करन केसीले १७ ज्ञानेन्द्र मल्लले १४ र ज्ञानेन्द्र कँुवरले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोर अंक छुन सकेनन् । विराटनगरका लागि सन्दीप लामिछानेले ३ र जितेन्द्र मुखियाले २ विकेट लिए । ९३ रनको लक्ष्य लिएर मैदान उत्रिएको विराटनगरले ११ दशमलव ५ ओभरमा २ विकेट क्षतिमा विजय लक्ष्य पूरा ग¥यो । जितका लागि आसिफ सेखले सर्वाधिक ४६ र दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । अभिनाश बोहोरा र ससी केसरीले २÷२ विकेट लिए पनि । खेलमा वेल्स क्याफे म्यान अफ द म्याच हुँदै नगद १० हजार हात पारे ।

प्रतिक्रिया