रेडियो नेपाल सक्षम संस्था

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले रेडियो नेपाल रुग्ण संस्था नभई अब प्रतिस्पर्धी सक्षम संस्था भएको बताएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को ६७औँ वार्षिक उत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री कार्कीले रेडियो नेपालले आफूलाई प्रतिपर्धी बनाउन काम गरेर देखाउनुपर्नेमा जोड दिए । रेडियो नेपालले मुलुकको भाषा, साहित्य, कला र संस्कृतिमा ठूलो योगदान पु¥याएको उल्लेख गर्दै उनले राष्ट्रव्यापी गीत संगीत प्रतियोगिता आयोजना गरेर यसले दूरदराजका प्रतिभालाई बाहिर ल्याउने काम गरेकामा प्रशंसा गरे ।
मन्त्री कार्कीले रेडियो नेपालले मुलुकमा बनाएको परिचय आगामी दिनमा थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं रेडियो नेपालका अध्यक्ष महेन्द्रमान गुरुङले यस संस्थाले समाजको आर्थिक सामाजिक र राजनीतिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै संघीय व्यवस्थाअनुसार प्रादेशिक संरचना बनाउन काम सुरु गरिएको जानकारी गराए । सरकारका भावना र सन्देश जनतासमक्ष पु¥याउन रेडियो नेपालको सबैभन्दा बढी आवश्यकता छ भन्दै सचिव गरुङले त्यसका लागि कर्मचारीको क्षमता अभिवृद्धि र स्रोत साधनको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संस्थाका गतिविधिका बारेमा जानकारी दिँदै रेडियो नेपालले स्थानीय सामग्री र सीमान्तकृत समुदायका भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेको बताए । उनले रेडियो नेपाललाई मुलुकभित्र र विश्वभरी प्रष्टसँग सुनाउन एएम, एफएम, इन्टरनेट र एप्स प्रविधिमार्फत प्रसारण सेवाको पहँुच बढाउने योजना रहेको जानकारी गराए ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला, नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल र महाप्रबन्धक गोविन्द रोकालगायत उपस्थित थिए ।
कार्यक्रममा सञ्चारमन्त्री कार्कीले नेपाली भाषाका प्रथम महिला संगीतकार शान्ति ठठाल र गीत संगीत क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनु हुने वरिष्ठ संगीतकार शम्भु राईलाई जनही ५१ हजार नगदसहित ताम्रपत्रले सम्मानित गरेका छन् । त्यस्तै रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी खुला आधुनिक गीतसंगीत प्रतियोगितामा स्वरमा प्रथम हुने दुर्गा परियार, संगीतमा प्रथम हुने चन्दनकुमार श्रेष्ठ र गीत÷शब्दमा प्रथम हुने प्रकाश केसीलाई पुरस्कृत गरिएको थियो ।
नेपाली र अंग्रेजी भाषाका अतिरिक्त थप २१ भाषामा २४ सै घन्टा समाचार र कार्यक्रम प्रसारण गर्दै आएको रेडियो नेपालको स्थापना ०७ साल चैत २० गते भएको हो ।

प्रतिक्रिया