‘नेपाल–पाकिस्तान सम्बन्धलाई कसिलो बनाऊँ’

काठमाडौं । नेपाल–पाकिस्तानबीचको परम्परागत मैत्री सम्बन्धलाई सांस्कृतिक पक्षले अझ कसिलो बनाएको मंगलबार आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताहरूले बताए । नेपाल–पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५७ वर्ष पुगेको अवसरमा पाकिस्तान अध्ययन केन्द्रको आयोजनामा भएको नेपाल–पाकिस्तानबीच सांस्कृतिक सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा कूटनीतिक स्थापनापछि दुई देशलाई सांस्कृतिक पक्षले अझ नजिक तुल्याएको वक्ताहरूले धारणा राखे ।
सन् १९६० मार्च २९ मा नेपाल–पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो भने सन् १९६० मा दुई देशका रेडियो र टेलिभिजनमार्फत सांस्कृतिक सम्बन्धलाई अझ प्रवद्र्धन गर्ने गरी सांस्कृतिक सम्झौता गरिएको थियो । अन्तक्र्रियामा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालयशमशेर राणाले दुई देशबीच भौगोलिक निकटता मात्र नभई सांस्कृतिक पक्षहरू खासगरी खानपिन, पहिरन र संगीतका क्षेत्रमा धेरै समानता रहेको बताए । उनले दुबै देशका नागरिकबीच आपसमा गरिने सम्मान, निःस्वार्थ आतिथ्यता र भाषागत मिठासपनले सम्बन्ध जनस्तरमा विस्तार भएको छ भने ।
नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत जाभेद अहमेद अमरानीले दुई देशबीच भौगोलिक र सांस्कृतिक निकटता रहेको र यसले राजनीतिक एवं जनस्तरको सम्बन्धलाई थप बलियो बनाएको बताए । कार्यक्रममा डा.साफल्य अमात्यले कलाकार, नर्तक, गायक, नाट्ययकर्मीले पनि दुई देशको संस्कृति सम्बन्धलाई अझ आत्मीय बनाएका छन्, भने । कार्यक्रममा केन्द्रका प्रथम उपाध्यक्ष केशवराज झा, द्वितीय उपाध्यक्ष निमकृष्ण मानन्धरले गतवर्षको भूकम्पमा ध्वस्त भएको पूरातात्विक र सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा पाकिस्तानले पु¥याएको सहयोगको प्रशंसा गरे ।

प्रतिक्रिया