कांग्रेस नेता ढुंगेलको निधन

काठमाडौं । कांग्रेसका महासमिति सदस्य रामहरि ढुंगेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ ।
पूर्वसांसद ढुंगेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खालेका थिए ।
पूर्वकृषि सहायकमन्त्रीसमेत रहेका ५८ वर्षीय ढुंगेल अविवाहित थिए । डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आएका उनी २०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया