छिम्केश्वरीमा बढ्दै आन्तरिक पर्यटक

तनहुँको छिम्केश्वरीमा आन्तरिक पर्यटकहरू बढन थालेका छन् । हिमाल खुल्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकहरू बढेको छिम्केश्वरी पर्यटन विकास क्षेत्र समिति एवं छिम्केश्वरी गुरुङ सामुदायिक होमसटेका अध्यक्ष देबीलाल गुरुङ बताउँछन् ।

कात्तिकदेखि माघसम्म हिमालय शृंखला राम्रोसँग खुल्ने भएकोले पर्यटकहरू बढ्न थालेको गुरुङले बताए । महाभारत शृंखलाको उच्च पहाड तनहुँको सबैभन्दा अग्लो चुचुरा छिम्केश्वरीबाट सफा मौसममा सम्भवतः सबैभन्दा लामो हिमशृंखला धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«े हिमचुली लमजुङ, मनास्लु, गणेश, लाङटाङसहित दर्जनौँ हिमालको लामो शृंखला देखिन सकिन्छ ।

यस्तै काठमाडौंको थानकोटलगायत भरतपुर, नारायणगढ, गैडाकोट साथै गोरखा, आँबुखैरेनी, डुम्रेबजार, बन्दीपुर अनि मुग्लिन बजारको साथमा त्रिशूली, नारायणी, मस्र्याङ्दी, मादी, दरौदी अनि चेपे नदी बहेको स्थान पनि अवलोकन गर्न सकिन्छ ।

हाल छिम्केश्वरीको वडा नं. ७ र ८ का ६ घरमा २–२ कोठामा पाहुनालाई बसाइने गरी होमस्टेको व्यवस्था गरिएको छ । स्थानीय आफैँले पर्यटकलाइ लक्षित गरी प्रत्येक घरमा २ ओटा पक्की शौचालय पनि निर्माण गरेका छन् ।

अहिले दैनिक ४० देखि ५० जनासम्म पर्यटक आउने गरेको होमस्टे सञ्चालकहरू बताउँछन् । विशेषगरी नयाँ वर्ष र फागुपूर्णिमाको समयमा २ ३ दिनको समय लिएर तनहुँ लमजुङ गोरखा चितवन काठमाडांै पोखरालगायत ठाउँबाट वर्षमा करिब ३ हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको छिम्केश्वरी पर्यटन विकासका अध्यक्ष गुरुङले बताए ।

पर्यटकहरू स्थानीय उत्पादनबाट बनेका परिकार ढिँडो, लोकल कुखुराको मासु, घरेलु मदिरालगायत खाना मन पराउँछन् । सामुदायिक होमस्टेका अध्यक्ष गुरुङका अनुसार १ जनाको प्याकेज मूल्य ७ सय रूपैयाँ पर्छ ।

प्याकेजमा, वेलकम स्न्याक्स, डिनर, १ रात बास ब्रेकफास्ट र लन्चको सुविधा पाइन्छ । साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ । त्यसमा गुरुङ नाच तथा घाटु नाच देखाइने गरिएको छ ।

छिम्केश्वरी जान पृथ्वी राजमार्गअन्र्तगत पर्ने तनहुँको आँबुखैरेनीसम्म काठमाडांै पोखरा चितवन गोरखालगायत ठाउँबाट यातायातका साधनहरू पर्यटकीय बस, सार्वजनिक यातायातका अन्य बस, माइक्रो, जिप, कार तथा मोटरसाइकलमा जान सकिन्छ ।

उक्त ठाउँबाट छिम्केश्वरी जानको लागी १८ किलोमिटर ग्राभिल सडकमार्फत १ घन्टा ३० मिनेटको सजिलै जिप, टाटासुमो, साना गाडी तथा बाइकबाट छिम्केश्वरी गुरुङ सामुदायिक होमस्टे सञ्चालन भएको लाब्धी गाउँसम्म जान सकिन्छ । लाब्दीबाट १ घन्टाको पैदल यात्रापछि तनहुँको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरी पुगी छोटो भ्रमणको भरपुर आनन्द लिन सकिन्छ ।

प्रतिक्रिया