युगले जन्माएको खेलधरोहर अन्जन :सामान्य खेलाडीदेखि दक्षिण एसियाको नेतृत्वसम्म

taekwondo-south-asian-v-p-anjan-dhamalaकाठमाडौं, ८ कात्तिक । एउटा प्रसिद्ध भनाइ छ, ‘बाढी आएको नदीमा प्वालसहितको डुंगामा बस्नु यदी तिम्रो निर्णय हो भने, कुनै चमत्कारले पनि तिमीलाई बचाउन सक्दैन, नियतीलाई दोष दिएर बद्नाम नगर्नु ।’ एक समय खेल क्षेत्रमा लाग्दा यस्तै किसिमको भनाइको सामाना गर्नुपर्दथ्यो,नेपाली खेलाडीले ।

यस्तै किसिमको अवस्थाबाट नेपालमा विभिन्न व्यक्तित्वले खेलक्षेत्रमा लामो योगदान दिएका छन् । जसमध्ये एक हुन आइटिएफ तेक्वान्दोका पूर्व खेलाडी अन्जन धमला । वर्षले हाल ३५औँ वसन्तमा प्रवेश गरिसकेका अन्जन एक समय आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी थिए । तर, हाल उनी दक्षिण एसियाली आइटिएफका वरिष्ठ उपाध्यक्ष र नेपाल आइटिएफ महासंघ अध्यक्षसमेत हुन् । आइटिएफ तेक्वान्दोका एक योद्धाको रूपमा रहेका धमला लगातार करिब दुईदशक समयदेखि यो खेलमा सक्रिय छन् ।

उनले ०५४ सालदेखि डब्लुटिएफ तेक्वान्दोबाट आफ्नो खेल करियरको सुरुआत गरेका थिए । अहिले उनले आइटिएफ तेक्वान्दोलाई आफ्नो कर्मथलो बनाए पनि खेलमा उनको जन्म भने डब्लुटिएफ तेक्वान्दो हो । उनलाई ओलम्पियन मानबहादुर तामाङले सुरुआती प्रशिक्षण गराएका थिए । वसुन्धाराको बुल्स तेक्वान्दो ट्रेनिङ सेन्टरमा सन् १९८८ मा कोरियामा भएको सिओल ओलम्पिकका ओलम्पियन मानबहादुर तामाङ उनै धमलाका गुरु थिए । नेपाली तेक्वान्दोका पहिलो ओलम्पियनद्वय विधान लामा र मानबहादुर तामाङ हुन् ।

देशमा समस्या र अनिश्चितताका साथसाथै अवसर पनि छ । प्रतिस्पर्धा गर्न सक्ने हौसलाका साथ पढ या कडा परिश्रम गर, यो अवस्थालाई अन्जनले आफ्नो खेल र समग्र जीवनमै प्रयोग गरे । त्यसैले त उनी सामान्य खेलाडीको यात्राबाट कयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता हात पारे । दत्तचित्त भएर परिश्रम गर, परिणाम तिम्रै पक्षमा हुनेछ । अन्जनले पनि यही गरे, त्यसैले उनलाई हरेकपटक सफलताले पछ्याइरह्यो । खेल क्षेत्रमा उनले पाएको सफलता त्यत्ति सहजरूपमै पक्कै आएको थिएन् ।

लामो समय उनले आफ्नो र परिवारको कयौँ इच्छा चाहनालाई तिलाञ्जली दिएर खेल क्षेत्रमा लागि रहे । अन्जन गोरखाको दुर्गम स्थान घैरुङमा सामान्य परिवारमा जन्मेका थिए । उनका बाबु टीकाराम र आमा हरिमाया धमलाले उनलाई त्यहीको सरकारी स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्नका लागि दुःखसुख गरेर काठमाडौं पठाएका थिए । उनले बाबुआमाको सपनालाई तुषारापात हुन दिएनन् । उनले व्यवस्थापनमा डिप्लोमा पूरा गरे । सँगै खेललाई पनि अगाडि बढाए ।

उनको स्वभाव जोसिलो र आँटिलो थियो । त्यसैले पनि उनलाई मार्सल आर्ट खेलले निकै लोभ्याउँथ्यो । त्यसैका बीच उनको दाजु(सुरज धमला)ले आफ्नो साथी ओलम्पियन मानबहादुर तामाङसँग तेक्वान्दो खेल्न प्रेरणा दिए । खेलमा निरन्तर लागि परे त्यही अनुरूप सफलता पनि हात पारे । त्यसको प्रतिफल उनले प्रथम राष्ट्रिय प्रतियोगिता र दोस्रो राष्ट्रिय प्रतियोगितामा स्वर्ण जिते । उनको अन्तर्राष्ट्रिय सहभागिताको क्रम भने सन् २००६ मा भएको युके ओपन आइटिएफ तेक्वान्दो च्याम्पियनसिपबाट सुरु भयो ।

त्यसपछि उनले सिंगापुर, बुल्गेरिया, अस्ट्रेलिया, थाइल्यान्ड, दुबई मलेसिया र चाइनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए । खेल्नका लागि तत्कालीन अवस्थामा राम्रो वातावरण नभएकाले उनले निकै संघर्षकाबीच सफलता हात पारे । सँगै उनीमाथि पारिवारिक जिम्मेवारी पनि बढ्दै गयो । जसले गर्दा उनले काम र खेललाई सँगै अगाडि बढाए ।

उनले कोरियामा भएको १७औँ वल्र्ड तेक्वान्दो च्याम्पियनसिपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । जसले गर्दा उनले छोटो समयमै एकखालको हाइट जमाइसकेको थिए । त्यसको प्रतिफल स्वरूप धमलाले आइटिएफकै नीति निर्माण तहमा काम गर्ने अवसर पाए । ०६१ सालदेखि अन्जन आइटिएफ तेक्वान्दोको प्राविधिकको रूपबाट काम गर्न थाले । ‘मलाई धेरैले हौसला दिएकाले अफ्ठ्यारो स्थितिमा पनि खेललाई निरन्तरता दिएँ । पत्नी विन्दाले पनि मेरो खेलका लागि हरेक समयमा साथ दिइन् । त्यसैले खेलक्षेत्रमा लागिरहन थप सहज भयो’ अन्जन भन्छन । साथै निरन्तर खेलप्रतिको लगावले उनले धेरैको विश्वास जित्न सफल भए । फलस्वरूप उनले संघको केन्द्रीय सदस्य र रेफ्री प्रमुखजस्तो महत्वपूर्ण जिम्मेवारी पनि पाए ।

उनले आफ्नो खेल जीवनमा फेरि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनी जहिले भविष्यलाई आफ्नो साथी बनाउँथे । अन्जनमा जिम्मेवारी थपिँदै गएपछि थप आत्मविश्वास पनि पलाएको थियो । अन्जन अन्तर्राष्ट्रिय प्रशिक्षक र अन्तर्राष्ट्रिय ‘ए’ क्लास रेफ्रीको लाइसेन्ससमेत प्राप्त गरिसकेका छन् । दुःख प¥यो भनेर हतास हुनु हुँदैन संघर्ष गरेमा दुःख पनि सुुखमा परिणत हुन्छ भन्ने मान्यता राख्ने उनी निरन्तर काममा लागि रहे । त्यसैले एउटा सामान्य खेलाडीबाट उनी प्राविधिक, केन्द्रीय सदस्य हुदै संघको मुख्य नेतृत्वमा छन् । त्यो पनि उनी सहजै भएका होइनन् । लामोसमयको त्याग तपस्यापछि उनी नेतृत्वमा पुगेका थिए । दुई कार्यकाल केन्द्रीय सदस्य र उपाध्यक्ष हुदै उनले नेतृत्वको जिम्मेवारी सम्हालेका थिए । अहिले आइटिएफ तेक्वान्दो ५४ जिल्लामा कार्यसमिति छ । जसमा उनका योगदान अथक छ । त्यसैले उनले लामो अनुभव बटुले पनि । आफ्नो कार्यकालमा ७५ वटै जिल्लामा पु¥याउने उनको उद्देश्य छ ।

anjan-awardमाटोमा उर्बरा हुन्छ, त्यसमा सुन्दर जीवन पनि हुन्छ । तर, त्यति मात्र होइन माटोमा त ‘भगवान्’ पनि भेटिँदो रहेछ ! त्यसका लागि आफुले कर्म गर्नुपर्छ । त्यसैले पनि होला, उनी  आफुले विदेशमा कयौँ अवसर पाउँदा पनि नेपालमै केही गर्ने उद्देश्यले यही बसे । मकाउको क्यासिनोमा राम्रो तलबमा जागिरको अवसर मिले पनि अन्जन आफ्नै देशमा केही गर्ने अठोट लिएर बसे । अन्जनकै नेतृत्वमा २२ राष्ट्र सम्मिलित एसियन आएटिएफ तेक्वान्दो प्रतियोगिता नेपालमा भयो । आइटिएफ तेक्वान्दो खेल विकास गर्न उनले विभिन्न जिल्लामा यसको विस्तार र विकास गरे ।

यो योगदानलाई कदर गर्दै बुल्गेरियामा भएको विश्व आइटिएफको अधिवेशनमा उनलाई उच्च सम्मान गर्दै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस सफलताले उनलाई थप हौसला बढायो । विश्व आइटिएफमा पनि उनले आफ्नो छवि राम्रो बनाउन सफल भए ।

जसले गर्दा उनि दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघको वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भए । अन्जन भन्छन्,‘मेरो उद्देश्य आइटिएफ तेक्वान्दोलाई लोकप्रिय बनाउनु पनि हो । नेपाली खेलाडी माझ आइटिएफ खेललाई महत्वपूर्ण खेल विधाको रूपमा स्थापित गर्दै सन् २०२४ सम्म नेपालमा नै ७० देशको सहभागितामा विश्व च्याम्पियनसिप गर्ने मेरो गुरु योजना छ । त्यसमा नेपाल सरकारले संरचना बनाइदिनुपर्छ । सहज रूपमा नेपाललाई विश्वकै हाइ अल्टिच्युटमा अवस्थित ट्रेनिङ गर्ने केन्द्रविन्दु बनाउन सकिन्छ ।’

प्रतिक्रिया