खेलाडी संघको ज्ञापन पत्र

kheladi-sanga-gyapan-matraकाठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष विभिन्न माग राखी आइतबार ज्ञापनपत्र बुझाएको छ । खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा ज्ञापन पत्र हस्तान्तरण गरे । ज्ञापन पत्र बुझाउन गएका समूहमा विशेष गरी विभिन्न दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता थिए ।

त्यस्तै खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले पुनः पाउन सुरु गरेको आजीवन भत्ता हाल रोकिएकाले निरन्तरता पाउनु पर्ने, बंगबन्धु गोल्डकप र साग फुटबलका स्वर्ण विजेतालाई दिने भनिएको पुरस्कार दिनुपर्ने, खेलाडीले शिक्षा, स्वास्थ्य, यातायात र विमामा सहुलियत पाउन परिषद्ले पहल गरी दिनुपर्नेलगायत माग राखेको छ । (सौस)

प्रतिक्रिया