मोटरसाइल रेसका दुई खेलाडी मलेसिया जाने

bike-race-malesiya-player-bidae-copyकाठमाडौं । मलेसियाको सेपाङमा सर्किटमा यही अक्टोबर २५ र २६ तारिखमा आयोजना हुने सेल एसिया ट्यालेन्ट कप मोटरसाइकल रेसका लागि नेपालका २ खेलाडी मलेसिया जाने भएका छन् ।

एसिया ट्यालेन्ट कपका लागि हुन लागेको छनोट प्रतिस्पर्धामा नेपालका दीक्षा श्रेष्ठ र अमन चौधरीले प्रतिस्पर्धा गर्नेछन् । मलेसिया जाने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अस्मिता गुरुङले बुधबार बिदाई गरिन् । बिदाई कार्यक्रममा नेपाल अटोमोबाइल संघका अध्यक्ष दशरथ रिसाल र नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीताराम न्यौपानेलगायतको उपस्थिति रहेको थियो । सेल एसिया ट्यालेन्ट कपमा सहभागी हुन १३ राष्ट्रका २ सय ५० जनाभन्दा बढी खेलाडीले सहभागिता जनाउँदै छन् । यस प्रतियोगिताबाट २२ जना खेलाडी एसिया महादेशबाट छनोट हुनेछन् । (सौस)

 

प्रतिक्रिया