राष्ट्रिय फुटसल लिग

footsal-legue-copyकाठमाडौं । राष्ट्रिय फुटसल लिगअन्तर्गत बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल विजयी भएका छन् । किकअफ फुटसलको होम ग्राउन्ड सीतापाइलामा भएको खेलमा किकअफले अवे टिम बानेश्वर रिक्रियसन सेन्टरललाई ५–० गोल अन्तरले पराजित ग¥यो । एकपक्षीय खेलमा किकअफका राजेश कुँवरले ह्याट्रिक गरे । किकअफका कप्तानसमेत रहेका राजेशले खेलको १८ सेकेन्ड, ५ मिनेट १९ सेकेन्ड र ३६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । किकअफका प्रवेश जोशी र कृष्ण लामाले १–१ गोल गरे । किकअफ फुटसललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान राजेश कुँवर खेलको म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी कीर्तिपुरको नगाउँस्थित कीर्तिपुर फुटसलको ग्राउन्डमा भएको अर्को खेलमा होम टिम कीर्तिपुर फुटसलले ताहाचल फुटसललाई ६–४ गोल अन्तरले पराजित गरेको छ । कीर्तिपुरको जितमा प्रताप महर्जन, यमन महर्जन र एपेक्स महर्जनले समान २÷२ गोल गरे । ताहाचलका लागि सुदीप बुढाथोकीले २ गोल गरे भने सुनिल बस्नेत र राज शाहले १÷१ गोल फर्काए । यस खेलको म्यान अफ द म्याचको पुरस्कार ताहाचल फुटसलका सुदीप बुढाथोकी घोषित भए । एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ ।
लिगमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी खेल सञ्चालन गरिएको छ । लिगमा जम्मा १ सय २५ खेल हुनेछन् । अहिलेसम्म १६ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् । (सौस)

प्रतिक्रिया