विश्व च्याम्पियनसिपका लागि जोरखाने छनोट सुरु

काठमाडौं । इन्डोनेसियाको जकार्तामा हुने दोस्रो जोरखाने स्पोर्टस् तथा कुस्ती विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट मंगलबारदेखि त्रिपुरेश्वरमा सुरु भएको छ । पहिलो चरणमा ९ पुरुष खेलाडीलाई १० दिने बन्द प्रशिक्षणमा राखिएको छ । ९ मध्ये ७ खेलाडीको अन्तिम छनोट गरिने आयोजकले जनाएको छ । च्याम्पियनसिपका लागि खेलाडी मिलन राना मगर, कमल श्रेष्ठ, अरुणप्रसाद सापकोटा, अनन्त अर्याल, सुमिर साह, अनुजसिंह श्रेष्ठ, मुकेशकुमार साह, कुन्दन सतुवा र ब्रम्हदेवप्रसाद यादव बन्द प्रशिक्षणमा रहेका रहेका छन् । छनोटको अवलोकन गर्न इरानबाट अन्तर्राष्ट्रिय जोरखाने स्पोर्टस् महासंघबाट फर्सिद जलाइली काठमाडौं आएका छन् । विश्व च्याम्पियनसिप अक्टोबर ६ देखि १२ तारिखसम्म हुनेछ । (सौस)

प्रतिक्रिया