सर्वाधिक पुरस्कार राशिको फुटसल लिग सुरु

redbull-leguee-futsal-copyकाठमाडौं, ११ असोज । सर्वाधिक पुरस्कार राशिको फुटसल लिग राजधानीमा सोमबारबाट सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा चौर फुटसल बाँसबारीले विजयी सुरुआत गरेको छ । चौरले आफ्नै मैदानमा भएको खेलमा ढुकु फुटसल हव महाराजगञ्जलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता रञ्जित श्रेष्ठको गोलबाट घरेलु टिम चौरले लियो । तर, पहिलो क्वार्टरमै सविन केसीले बराबरी गोल फर्काए । दोस्रो हाफमा सुरज राउतको गोलबाट खेलमा ढुकुले अग्रता लियो पनि चौरका रमेश गुरुङले गोल गर्दै २–२ को बराबरीमा ल्याए ।

त्यस्तै खेलको प्रारम्भमा अग्रता दिलाएका म्यानअफद म्याच रञ्जित श्रेष्ठले अन्तिम समयमा गोल गदै टिमलाई जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका चौरका रंजित म्यान अफ द म्याच चुनिए । उनलाई बालगोपाल महर्जनले फगको गिफ्ट हेम्पर प्रदान गरे । यसअघि लिगको उद्घाटन खेलमा नेपाल खेलकुद पत्रकार मञ्चको टोलीले आयोजक आयोजक एएमए इभेन्टलाई ११–३ ले पराजित ग¥यो । मञ्चको जितमा बासु अवालले ४ तथा आयुष खड्का र प्रजित शाक्यले ह्यट्रिक पूरा गर्दा निशान राईले १ गोल गरे । मञ्चका तर्फबाट गोल रक्षकको भूमिकामा रहेका हिमालय टाइम्सका दिल तामाङले विपक्षका प्रहारहरूलाई उत्कृष्ट बचाउ गर्दै निराश बनाएका थिए । लिगको उद्घाटन राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी बालगोपाल महर्जन, उपेन्द्रमान सिंह र राकेश श्रेष्ठले गरेका थिए ।

होम एन्ड अवेको आधारमा मंसिर २८ गते (९ हप्ता) सम्म चल्ने लिगमा विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ । लिगमा सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा चौर रिक्रिएसन, ढुकु फुटसल, रजनी फुटसल, इम्पेरियल फुटसल, ह्वाइट हर्स फुटसल, बानेश्वर रिक्रिएसन, आदर्श फुटसल र किक अफ फुटसल रहेका छन् ।

समूह ‘बी’ मा हरिसिद्धि फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल, हाइवे फुटसल, कीर्तिपुर फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र बिजी फुटसल छन् । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया