स्नुकर प्रतियोगिता सुरु

काठमाडौं । प्रथम दसैँ स्नुकर प्रतियोगिता सोमबारदेखि राजधानीमा सुरु भएको छ । सोमबार एक कार्यक्रमकाबीच सुनधारास्थित एक्सक्ल्युसिभ स्नुकरमा स्नुकर खेलका अग्रज निमा लामाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा विजयी खेलाडीले नगद ५० हजार, उपविजेताले २० हजार तथा तेस्रो हुनेद्वय खेलाडीले नगद ५÷५ हजार र ४ जुनियर उदीयमान खेलाडीलाई छनोट गरी स्नुकर क्युब प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो दिनको खेलमा मक्सुदउद्धिनले मिकेनलाई ३–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरे । सोजेन शाहीले विकेश डंगोललाई ३–०ले, सञ्जय मुल्मीले रामकाजी खड्गीलाई ३–१ले, सोभित पोखरेलले विक्कीलाई ३–०ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरे । बेस्ट अफ थ्रीको आधारमा खेलाइएको प्रतियोगितामा फुर्वा शेर्पाले राजन गुरुङलाई ३–१ ले, मोति तामाङले राजु गुरुङलाई ३–० ले, वान्चु तामाङले सागरलाई ३–२ ले, समिर राजलवटले प्रदीप राईलाई ३–१ ले, सुमित शाहीले सागर महर्जनलाई ३–० ले र राज कपालीले दीपेन्द्र शाहीलाई ३–०ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए । यस्तै दोस्रो चरण प्रवेश गर्ने अन्यमा भूवन श्रेष्ठ, संदीप थापा, प्रविन शाक्य, विकेश स्वर्णकार, दीपक थापा, जय महर्जन, छिरिङ शेर्पा, बुद्ध लामा, विकाश श्रेष्ठ रहेका छन् । (सौस)

प्रतिक्रिया