बुद्धचित्त र तामाङ सेलोबारे शिक्षा दिनुस् : पौडेल

jan jyo tiकाभ्रे, १५ जेठ । जिल्लाको विकट गाविस तिमालको भोज्र्याङ—१ स्थित जनज्योति माविका लागि चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । ०३४ सालमा स्थापना भएको माविमा ३ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

भूकम्प र हावाहुरीले क्षतविक्षत उक्त विद्यालयको भवन जिल्ला शिक्षा कार्यालयको २४ लाख र अन्य सहयोगी संस्था तथा व्यक्तिको सहयोगमा निर्माण सम्पन्न भएको हो । कूल ४२ लाख रुपैयाँ बराबरको भवन निर्माण गरिएको हो । भवन निर्माण नभएकाले भूकम्पपछि खुला आकाशमुनि त्यहाँ अध्यापन गराइदै आइएको थियो । उसै पनि डाँडामा रहेको सो विद्यालयको छानो हावाहुरीले उडाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुन्साङ दार्जे लामाले नयाँ भवनपछि खुसी व्यक्त गरेका छन् । आगामी दिनमा विद्यालयले शिक्षाको गुणस्तरमा फड्को मार्ने विश्वास लिएको उनको भनाइ रहेको छ । विद्यालयको भवन निर्माणपछि भवनको उद्घाटन गर्न शुक्रबार जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल, एमाले जिल्ला सचिव नारायण पाण्डे, स्रोतव्यक्ति रामकुमार हुमागाइँ, नेपाल निजामती कर्मचारी संघका केन्द्रीय सदस्य अजुत अधिकारीलगायतको उपस्थिति थियो । भवनको उद्घाटन पछि जिशिअ पौडेलले दरबन्दी मिलानको टेबुलमा सबै तहबाट ताली बजे काम सुरु गर्ने बताएका छन् । उनले सरकारी र निजी विद्यालयबीचको दूरी फरक हुनुमा पनि शिक्षा व्याप्त राजनीतिले गर्दा भएको बताए । यसका लागि व्यवस्थित र प्राविधिक शिक्षामा केही सुधार गर्न सके थप सहयोग पुग्ने उनको भनाइ थियो ।

शिक्षाले दास र दासत्व जन्माउनु हुँदैन भन्दै उनले स्थानीय स्रोत र साधनको समुचित प्रयोगका लागि विद्यार्थीहरुलाई उत्प्रेरणा दिनुपर्ने बताए । उनले भने, ‘अझ तिमालमा विशेष गरी बुद्धचित्तको उद्गमस्थल भएकाले गर्दा सम्भव भएसम्म विद्यार्थीहरुलाई बुद्धचित्त मालाबारे सिकाउनुस् यसले गर्दा उनीहरुमा थप नयाँ ज्ञानको विकास होस ।’ उनले सांस्कृतिक रुपमा तामाङ सेलोबारे पनि पोख्त गराउन आग्रह गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भुबहादुर कणेलले भुपु विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पु¥याएको योगदानको कदर गर्दै फुटबलर तेज तामाङ, पत्रकार यशोधा अधिकारी, कुवेरसिं दोङ, विद्यालयको जग्गादाता एवं सो भवन निर्माण गर्दा ३ रोपनी जग्गा दान गरेका किताबसिं तामाङलगायतलाई सम्मानसमेत गरेका छन् ।

प्रतिक्रिया