नेपाल निजामती कर्मचारी संघमा मरासिनीको प्रवेश

marasiniबुटवल, १४ जेठ । राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय सदस्य अच्युत मरासिनी नेपाल निजामती कर्मचारी संघमा प्रवेश गरेका छन् । शुक्रबार बुटवलमा एक कार्यक्रमबीच मरासिनीलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले संगठनमा प्रवेश गराएका छन् । यही १८ जेठमा हुन लागेको आधिकारिक टे«ड युनियनको निर्वाचनलाई लक्षित गर्दै मरासिनी नेपाल निजामती कर्मचारी संगठनमा प्रवेश गरेका हुन् ।

मरासिनीलाई प्रवेश गराउँदै संगठनका केन्द्रीय अध्यक्ष ढकालले आफ्नो संगठनको अन्तिम लक्ष्य राष्ट्रको सम्बृद्धि र जनतालाई प्रभावकारिता सेवा रहेको बताए । उनले टे«ड युनियनको निर्वाचन पछि निजामती कर्मचारी संगठनले संगठनलाई अब्बल र युनियनलाई हाँक्दै जनताको सेवामा अझ नयाँ तरिकाबाट प्रभावकारी सेवामा जुट्ने बताए । उनले भने, ‘नेपालको निजामती प्रशासनलाई समृद्धिको दिशातर्फ लैजान यो निर्वाचन गर्नु गराउनु जरुरी छ, कुनैकुनै संगठन डराएर छटपटीसमेत भएको छ ।’

अध्यक्ष ढकालले नेपाललाई चिनाउने गौतमबुद्ध, सगरमाथा, पशुपतिको देश भनेर चिने जसरी अब जेठ १९ गते निजामती कर्मचारीको देश भनेर चिनाइने बताए । अहिलेसम्म कुनै पनि देशमा निजामती कर्मचारी संगठित नभएकाले आफ्नो देशलाई निजामतीको देशको रूपमा चिनाउन यो निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले निजामती कर्मचारीको तलब बढ्दा महँगी बढ्नु मानसिकता वा वास्तविकता के हो, वास्तविकता भए छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । उनले सरकारले घोषणा गर्ने बजेटमा निजामती कर्मचारीको तलब वृद्धि अपरिहार्य रहेकोसमेत बताए । ‘हामीले अधिकारसँगै कर्तव्यलाई नभुली अधिकार मागेका छौँ’ उनले भने, ‘त्यसैले समय सापेक्ष र महँगी वृद्धिदरसँगै तलब वृद्धि हुनुपर्छ ।’

आधारिक टे«ड युनियनको निर्वाचनमा देशभरका करिब ५४ हजार बढी निजामती कर्मचारी मतदाता रहेको र त्यसमध्ये २५ हजार बढी मतदाता आफ्ना पक्षमा रहेको उनले बताए । उनले आपूmहरू राष्ट्रसेवक विद्युत् गृह बनाउनसमेत तयार रहेकाले माथिल्लो तामाकोसीमा ५ सय मेगावट बिजुली निकाल्न सक्नेसमेत बताए ।

संगठनमा प्रवेश गरेका मरासिनीले यो संगठनजस्ता जुझारु अन्य कुनै संगठन नभएकाले विगतमा भुलिएको बाटोलाई पुनः आत्मसाथ गरेको बताए । कार्यक्रम नेपाल निजामती संगठन बुटवल इलाका अध्यक्ष रमेश पाण्डेको अध्यक्षता तथा केन्द्रीय सदस्य मेघदेव पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया