लघुकथा : निशक्त मान्छे

tank bahadur aale copyठूलो फलामे द्वार छिर्नै लाग्दा पहरेदारले ठ्याक्कै रोक्यो मागिहिँड्ने एउटा निशक्त व्याक्तिलाई निशक्त अपांग छ शारीरिक रूपले वैशाखी उसको ठुटे खुट्टोको सहारा, बोली छैन, फुला परेर निष्क्रिय भई सकेको दाहिने आँखा कुइनो मै टासिएको सुकिसकेको देब्रे हात । निषेध क्षेत्रमै थोत्रो गम्छा ओछ्याएर माग्न बस्यो । थुप्रैले आत्मीयता पगाले पैसा, खाने परिकार, अर्धानो जदौरी आदि दिँदै तर ती सबै सहानुभूतिलाई परित्याग गर्दै चुपचाप बसी नै रह्यो ।

त्यो देशको विषेश क्षेत्र अन्यसँगै पत्रकारको पनि घुइँचो रहने हुनाले शनैशनै राष्ट्रव्यापी बन्दै गयो । राम्रा पत्रिकाको एउटा कुनोमा उसको तस्बीर हुन्थ्यो केही ऊर्वरक शब्दहरू बोकेका । प्रतिफल एकदिन ऊसँग स्तरीय पत्रकारले लियो अन्तर्वार्ता, ‘एक सप्ताह भो तपाईंलाई स्पर्श ग¥या हाम्रा कलमी नयनले । हात पसराईमा फरक अभिमत छन् । दिएको नलिने तर मागी बस्ने पिटिकै बोल्नु हुन्न मौन व्रत छ कि ? एकल नयन समेतलाई देख्छु चाम बाँधेर बस्छ । तपाईंको श्रवणशक्तिलाई परीक्षण गरिसकेका छौँ बहिरो हुनुहुन्न । अनि यी अपाच्य अभिनय किन ?’

‘म सत्य हुँ । सातादिनको मेरो धारणा थियो तपाईंका शब्द प्याउ पियर अन्त गरेँ । मेरो भनाइ अब म बोल्न नसक्ने, सुन्न नसक्ने, हिँड्न नसक्ने आदि निशक्त मान्छेका पनि लाटो गाउँ, अन्धो वस्ती, बहिरो टोल, लंगडो क्षेत्र आदि सरकारले स्थापना गरोस् तपाईंमार्फत सरकारसम्म पुगोस्, हाम्रो डिमान्ड़ । सुनाइ नभए हामी देशभरिका निशक्त भेला भई सशक्त आन्दोलन गर्ने छौँ ।’

‘भोलिपल्ट देशभरी चर्चा फिँजियो अब निशक्तलाई पनि पहिचान चाहियो’ रे ! निशक्त मान्छे

प्रतिक्रिया