‘तेरी आमालाई जति भने पनि नलाग्ने भन्दै कराउने,’ हजुरआमा ।
‘कति कराउने हुन तेरी हजुरआमा चुप लागेर बस्न भन् त’, आमाले सुनाउने ।
मलाई कहिलेकाहीँ अति नै दिक्क लागेर आउँथ्यो र भन्थेँ, ‘के हो सासू–बुहारी पनि मिलेर बस्न नसक्ने, खाली किचकिच् ।’
हजुरआमाले आफ्नी सासूहरूको बुहार्तन सुनाउने र आमालाई गाली गर्ने । मैले त्यही मौकामा त्यस्तो बुहार्तन खेप्नुभएको हजुरले आमालाई माया गर्नु न भन्दा मेरो कुराले हजुरआमा बम ।
उता आमा फेरि आफ्ना भाउजू बुहारीले आमालाई चम्धारा रुवाएर राख्दा पनि चुक्क नबोलिकन बस्छिन्, यता मैले यस्तो ज्यू ज्यू गर्दा पनि यस्तो भन्दै बम ।
ए भगवान् ! यो सासू–बुहारीको जात संसारभर यस्तै नमिल्ने होला कि नेपालमा मात्रै भनेर बुझ्न मन लाग्यो अनि गाउँभरि कसका सासू र बुहारी मिलेका छन् त भनेर जान्न खोजेँ ।
गाउँमा एक जना सुब्बा भाउजू थिइन् तर उनी जागिरको सिलसिलामा घरबाट धेरै बाहिर हुन्थिन् कहिलेकाहीँ घर आउँदा सासूलाई आमा भन्ने सँगसँगै लिएर हिँड्ने
गर्थिन् फेरि उनकी सासूले पनि सँगै बसेका अरू बुहारीलाई देख्न सक्थिनन् तर सुब्बा भाउजूलाई बिछट्टै माया गर्थिन् ।
सधैँ पाल्न परे थाहा पाउँथिन् कहिलेकाहीँ आउँछिन् पैसा र फलफूल राखेर ढोग्छिन् अनि त सासूकी जाती उनै भनेर अरू बुहारीहरूले कुरा गर्थे । तर, मलाई होइन होला
जस्तै लाग्थ्यो ।
के
ही समयपछि तिनीहरू छुट्टिए । सासूलाई सबैले पालैपालो पाल्ने निर्णय गरे । ६÷६ महिना हरेक छोरा बुहारीकोमा ।
पहिला सुब्बा भाउजूको पालो आयो सासूमा पाल्न लिएर गइन् । एकदिन मलाई सदरमुकाम जानु थियो त्यै बाटो गएको त ढोकामा ताल्चा मारेको ती आमा चाहिँ
बाहिर पिढीमा बसिरहेकी देखेर सोधेँ, ‘किन बाहिर बसेकी आमा ।’
बुढी आमाले रुँदै भनिन्, ‘मत यहाँ आत्तिएँ नानी, कहिले अरूकोमा जाने पालो आउला र ?’
किन के भयो र आमा, सोधेँ ।
‘हेर न, जता गए पनि ताला मारेर जान्छे, खान नि अड्कलेर दिन्छे, भान्सामा पस्न पाइने होइन, मेरा कपडा म आपैmँ धुनपर्छ । कसैसँग बोल्यो कुरा काटी भनेर
बस्नखान गर्दिन, बरु अरूले त कराए पनि सबै गर्थे नि’ उनी भन्दै थिइन् ।
भो तिमी जाऊ फेरि कुरा काटेकी भनेर उठीबास पार्छे । मलाई धिक्कार लाग्यो र बिदा भएर हिँडे ।
ओहो, त्यस्तो माया देखाउनेको बुद्धिजीवीको ताल यस्तो मनमनै दिक्क लाग्यो र विदेशमा के रहेछ बुझ्न चाहेँ । म घुम्न जाने क्रममा एक अधबैँसे विदेशी महिलासँग भेट भयो, चिनजान गर्यौं र मैले मेरो प्रश्न राखेँ ।
उसले सहज रूपमा जवाफ दिई, ‘हेर, हाम्रोतिर त्यस्तै हुन्छ भनेर त काम थालेपछि वा बिहे गर्ने बेलामा अधिकांश आमासँग अलग भएर बस्छन् त नि । कहिलेकाहीँ जाँदा सबै राम्रो हुन्छ अलि पर बसेर रेखदेख गर्नुपर्छ ।’
उसको कुराले चित्त बुझेन र फेरि एउटी वृद्ध विदेशी महिलालाई सोधेँ । ‘हेर, सासू–बुहारी मात्रै होइन, एउटै भान्सामा दुईवटा महिलाले काम गरे भने कहिल्यै मिल्दैनन् । केही समयपछि मनमुटाव गर्छन् भने सासू–बुहारीको के कुरा ।
कताकता हो कि जस्तै लाग्यो, आखिर संसार नै यस्तै रहेछ सोच्दै हिँडेकी थिएँ, सुब्बा भाउजूसँग भेट भयो । आमाका बारेमा थाहै नपाएभैmँ गरेर सोधेँ, ‘के छ आमाको खबर भाउजू ?’
त्यत्रो वर्ष सँगै के गरेर बसे होलान् देउरानी–जेठानी एउटै घरमा सासू–बुहारी भएर भन्दै थिइन्, म दंग परेर उनैलाई हेरिरहेँ …
प्रतिक्रिया