ललिपुर बक्सिङमा दाहाल र पन्त

lalitpur boxingललितपुर । ललिपुर जिल्ला बक्सिङ संघमा वासुदेव दाहाल र पुस्करराज पन्त सदस्यमा मनोनित भएका छन् । ललितपुर बक्सिङ संघको विधानअनुसार दुवैलाई ललितपुर जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रथम दक्षिण एसियाली खेल(साफ)का रजत विजेता ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष राम अवालेले उनिहरूलाई सदस्यमा मंगलबार मनोनयन गर्दै बधाई दिए ।

सदस्यमा मनोनयनमा पर्ने वासुदेव शैक्षिक परामर्श व्यावसायिक संघका सचिव हुन भने बक्सिङका पूर्वच्याम्पियन रहेका पुस्करराज हाल रेफ्री तथा जर्ज (आरजे) को भूमिका निर्वाह गरिरहेका छन् । ललितपुर बक्सिङ संघका प्रवक्ता श्याम अवालेले सदस्यद्वयको मनोनयनले ललितपुर जिल्ला बक्सिङ संघ अझ सक्रियताका साथ अगाडि बढ्न मद्दत पुग्ने बताएका छन् । (सौस)

प्रतिक्रिया