ओडिसी र भ्याली पब्लिकलाई बिएनए कप

odc n valley public lae upadiकाठमाडौं । ओडिसी इन्टरनेसनल एकेडेमी र भ्याली पब्लिक ‘ए’ले प्रथम बिएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ओडिसी जुनियर ब्वाइज तथा भ्याली पब्लिक ‘ए’ सिनियर गल्र्समा च्याम्पियन बने ।

वसुन्धारास्थित आयोजक वसुन्धारा नेसनल एकेडेमी (बिएनए)को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा ओडिसीले एन्जल्स हार्टलाई ३६–२१ ले पराजित ग¥यो । विजेताका साहिल गुरुङले १२ अंक जोडे । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिक ‘ए’ले एचएचसीएलाई ३२–२४ ले हरायो । भ्याली पब्लिक ‘ए’को जितमा निलम शेर्पाले १३ अंक योगदान गरिन् ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले ग्रिनल्यान्डलाई २७–१५ ले पाखा लगाउँदै तेस्रो भयो । विजेताका हिक्मत राउतले १२ स्कोर गरे । त्यसैगरी सिनियर गल्र्समा भ्याली पब्लिक ‘बी’ ले तेश्रो स्थानमा चित्त बुझायो । भ्याली पब्लिक ‘बी’ ले इडेन ब्रिज एकेडेमीलाई ३२–२५ ले पन्छायो । विजेताकी सविना सुवेदीले १२ अंक जोडिन् । जुनियर ब्वाइजमा ओडिसीका आदर्श श्रेष्ठ तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की निलम शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । जुनियर ब्वाइजमा ज्ञानसिन्दु तथा सिनियर गल्र्समा हिमालयन एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका उपाध्यक्ष भीमसिंह गुरुङ, बीएनएका अध्यक्ष प्रवीणश्रेष्ठ, प्रिन्सिपल टंकुमार चापागाईं, संयोजक सन्तोष फुयाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ८ दिने प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ गरी जम्मा २८ टिम सहभागी थिए । (सौस)

प्रतिक्रिया