पूजाको ‘नजर’

puja (1)काठमाडौं, ३० वैशाख । नजर भनेपछि धारणा, दृष्टि वा हेराइ आदि बुझिन्छ । नयाँ पुस्तामा सम्भावना लिएर उदाएकी प्रतिभावान गायिका पूजा सुनुवार संगीतलाई हेर्न सोलो एल्बम ‘नजर’ लिएर आएकी छन् ।

एल्बममा ‘भर्खरै पो थाहा पाएँ’, ‘नसम्झी बसँु’, ‘निष्ठुरी त तिमी भयौ’लगायत बोलका आधुनिक, लोक–आधुनिक, मारुनी तथा रोमान्टिकशैलीका ४ गीत समेटिएको छ । मेलोडियस गीतहरूले भरिएको यो एल्बमका गीतले प्रेम, वियोग र राष्ट्रिय भाव बोल्ने गायिका पूजाले बताइन् ।

चर्चित गीतकार डिपी खनालको शब्द रचना र शंकर थापा ‘स्माइल’को संगीत रहेको एल्बमका ‘नसम्झी बसँु’ गीतको भिडियोसमेत बनेको छ । एल्बम प्रचारप्रसारका लागि भिडियो निर्माण गरेकी हुन् पूजाले । रोमान्टिकशैलीको यो गीतको भिडियोमा हालै प्रदर्शन भएको चलचित्र ‘नाइ नभन्नु ल–४’की अभिनेत्री वर्षा राउत र रोबिन विष्टले अभिनय गरेका छन् । भिडियो देवजंग थापाले निर्देशन गरेका हुन् ।

सबैखाले स्रोताको स्वादलाई ध्यानमा राख्दै विविधताले भरिएको पूर्ण एल्बम आफूले ल्याएको पूजाले बताइन् । एल्बमलाई डस म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

प्रतिक्रिया