दोस्रो अनन्तलिंगेश्वर राष्ट्रिय कराते

भक्तपुर, २९ वैशाख । आगामी जेठको पहिलो साताको सुरुमै दोस्रो अनन्तलिंगेश्वर राष्ट्रिय सोतोकान कराते प्रतियोगिता आयोजना हुने भएको छ । सोतोकान कराते डो संघ नेपाल भक्तपुरको आयोजनामा १ जेठमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता हुने भएको हो ।

कुल २० स्वर्ण, २० रजत र ४० कांस्य पदकका लागि खेलाडी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, तनहुँ, कास्की, झापा, सुनसरीलगायत कुल २२ जिल्लाका २ सय १४ खेलाडीको सहभागिता रहने संघका अध्यक्ष अनील श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई ट्रफीसहित ५ हजार र २५ सय रुपैयाँ तथा उत्कृट महिला र पुरुष खेलाडीलाई ट्रफीसहित प्रतिव्यक्ति २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया