डेनि र सुनिललाई स्वर्ण

nuwakot national taekwondo udghatanनुवाकोट २४ बैशाख । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) नुवाकोटको आयोजनामा भएको १५औँ सिनियर तथा ९औँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको शुक्रबार देखि शुरु भएको छ । नुवाकोटको वट्टारस्थित कभर्ड हलमा शुक्रबार जुनियरतर्फ भएको २५ देखि ३० केजी तौल समूहमा आयोजकका डेनि लामाले स्वर्ण, केन्द्रका अनिल परियारले रजत, पश्चिमाञ्चलका विवश कार्की कास्य, ३१ देखि ३५ केजी तौल समूहमा केन्द्रका समिर बस्नेतले स्वर्ण, पूर्वाञ्चलका उपेन्द्र राउतले रजत र आयोजकका ज्ञानबहादुर तामाङ तथा पश्चिमाञ्चलका सन्जु समरखतीले कास्य पदक हात पारे ।

त्यस्तै ४० केजी मुनि केन्द्रका सुनिल लामा स्वर्ण, पूर्वाञ्चलका किशन माहासेठले रजत र आयोजकका अजेन्द्र थापामगर तथा मध्यपश्चिमाञ्चलका रोहित बिसीले कास्य,४५ केजी मुनि मध्यपश्चिमाञ्चलका सेघम बिसीले स्वर्ण, पश्चिमाञ्चलका धनबहादुर तामाङले रजत र पूर्वाञ्चलका निकेश कटुवाल तथा केन्द्रका मिगमार तेन्जीङ शेर्पाले कास्य हात पारे ।

महिलातर्फको फाइटको ३० केजी मुनि पश्चिमाञ्चलकी सलिना पुन र केन्द्रकी राधिका भण्डारी, ३५ केजी मुनी केन्द्रकी विपना थापामगर र पश्चिमाञ्चलकी उपेक्क्षा गिरी, ४० केजी मुनि केन्द्रकी सोनी खड्का र आयोजकी रेखा घले, ४५ केजी मुनि आर्मीकी निस्मा बस्याल र पूर्वाञ्चलकी कल्पना राई तथा ५० केजी मुनि आर्मीकी रुबिका खड्का र पश्चिमाञ्चलकी शर्मिला महत फाइनलमा प्रवेश गरिन् । ५० केजीमा पश्चिमाञ्चलकी महतलाई कडा चुनौती पेस गरेकी पुजा खुलालमगरले उत्कृष्ट खेलको बाबजुद पनि फाइनलको यात्रा तय गर्न असफल रहिन् ।

national taekwondo mahilaत्यस्तै प्याट्रन विधाको पुरुषतर्फ ब्लाक बेल्ट दोस्रो डानमा पूर्णबहादुर मगरले स्वर्ण र आकाश घर्तीमगर रजत, पहिलो डानमा भरतबहादुर सिंहले स्वर्ण र भीमबहादुर तामाङले रजत, रेड बेल्टमा श्यामबहादुर श्रेष्ठले स्वर्ण र रोशन तामाङले रजत, निलो बेल्टमा अनिल तामाङले स्वर्ण र नेल्सन आलेले रजत तथा ग्रीन बेल्टमा निरज कुँवरले स्वर्ण र अजेन्द्र कुँवरले रजत हात पारे ।

प्याटकै महिलातर्फ ब्लाकबेल्ट दोस्रो डानमा मुना बम्जनले स्वर्ण र सोनी खड्काले रजत, पहिलो डानमा निस्मा बस्यालले स्वर्ण र स्वता राईले रजत, रेडबेल्टमा मुना दिशाले स्वर्ण र कल्पना राईले रजत, निलो बेल्टमा अश्मिना थापाले स्वर्ण र विपना थापामगरले रजत तथा ग्रीन बेल्टमा सुजिता राईले स्वर्ण र सरस्वती घलले रजत हात पारिन् । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सभासद बहादुर सिंहलामा, आइटिएफ तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष अन्जन धमला र आयोजक आइटिएफ तेक्वान्दो नुवाकोटका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले गरे ।

सो अवसरमा उद्योग वाणिज्य सघं नुवाकोटका अध्यक्ष ताराबहादुर कार्की, आइटिएफका वरिष्ठ उपाध्यक्ष चेतनराज गीरी, अन्तर्राष्ट्रिय मार्शल आर्ट महासंघ अध्यक्ष प्रवीणकुमार कार्की र नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधानलगायतको उपस्थिति थियो । सो अवसरमा सभासद लामाले नेपाली खेलकुदको विकासका लागि सबैक्षेत्रले एकजुट भएर लागे खेल क्षेत्रमाथि उठ्ने बताए । २ दिने प्रतियोगितामा ५ विकास क्षेत्र, एपीएफ, नेपाली सेना र आयोजकको टिम सहभागिता रहेको आइटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

प्रतियोगितामा एकल स्पायरिङ र एकल प्याट्रन गरी १६० खेलाडीले ३० स्वर्ण, ३० रजत र ६० कास्यका लागि स्पर्धा हुँदैछ । उद्घाटनको अवसरमा आयोजकले नवनिर्वाचित अध्यक्ष अन्जन धमलालाई नयाँ कार्यकालको सफलताका लागि शुभकामनास्वरुप मायाको चिनो प्रदान गरेको थियो । धमलालाई आयोजक कमिटी नुवाकोट आइटिएफ तेक्वान्दोका अध्यक्ष हरिकृष्ण श्रेष्ठले मायाको चिनो प्रदान गरे ।

प्रतिक्रिया