बीएनएको विजयी सुरुआत

काठमाडौं । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए)को ‘ए’ टिमले प्रथम बीएनए ‘ए’ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेको छ । बसुन्धाराको नमुना टोलस्थित घरेलु कोर्टमा बीएनएले नेपाल मोडेललाई २४–१२ ले पराजित ग¥यो । विजयी टिमका लागि विपिन ठकुरीले ९ अंक जोडे ।

जुनियर ब्वाइजकै अन्य खेलमा ग्रिनल्यान्ड, गोल्डेनपिक, स्किब्स र अभियान पब्लिक स्कुलले जित हात पारे । ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २५–१९ ले हरायो । गोल्डेन पिकले एचएचसीएको चुनौती २४–१३ ले पन्छायो । स्किब्सले भ्याली पब्लिकलाई १७–१५ ले निराश पा¥यो । ज्ञानसिन्दुविरुद्धको खेलमा अभियान २०–१२ ले विजयी भयो ।

सिनियर गल्र्समा ठुंराम इन्टरनेसनल एकेडेमी (टीआइए)ले बीएनएलाई ८–६, भ्याली पब्लिक ‘बी’ ले ग्रिनल्यान्डलाई ३३–१८ तथा एचएचसीएले भ्याली पब्लिक ‘ए’ लाई २८–२७ ले हराए । प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा बीएनएका प्रिन्सिपल टंककुमार चापागाईं र कोओर्डिनेटर सन्तोष फुयालले प्रतियोगताको विविध पक्षबारे प्रकाश पारेका थिए । वैशाख ३१ गतेसम्म चल्ने प्रतियोगिताको जुनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा १२ टिम सहभागी छन् । (सौस)

प्रतिक्रिया