पूर्वमुख्य प्रशिक्षक राईको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व लनटेनिस मुख्य प्रशिक्षक ईश्वर राईको निधन भएको छ । नेपाली लनटेनिसका पहिलो मुख्य प्रशिक्षक राईको बिहीबार बाँसवारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ६७ वर्षको उमेरमा निधन भएको वर्तमान लनटेनिस मुख्य प्रशिक्षक रेणुदेवी कोणडा र प्रशिक्षक सूर्यभूषण बज्राचार्यद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राई मुटुसम्बन्धी रोगबाट पीडित थिए । राईको बिहीबारै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । (सौस)

प्रतिक्रिया