दुई कविता

nakara copyभोक
साझ बिहान मलाइ भोक लाग्दा
भात खान्छु
र, पानी पिउँछु मूलको
तिर्खा लाग्यो भने मलाइ ।
तर, महोदय !
तिमीलाई कस्तो भोक लाग्छ र खान्छौ देश !?
कस्तो तिर्खा लाग्छ र पिरहेकाछौ मेची–महाकाली स्वाट्टै !?
म अचम्मित छु !
यदि त्यस्तै हो भने
तिमीलाई बनाउनेछु मेरो भोकको भोजन !

फरक थुक
थुक्नु त स्वाभाविकै हो
मैले पनि थुकेँ
तिमीले पनि थुक्यौ
तर, तिम्रो अनुहार हेरेर मैले थुकेँ,
तिम्रो भातको रासलाइ मेरो खाली पेट्ले घिनायो र थुकेँ ।
तिमीले भने पान र देश सँगसँगै चपाएर थुक्यौ !

प्रतिक्रिया