त्रिपक्षीय क्रिकेटको उपाधि दाङलाई

tringle cricket trophy dangरुकुम, ९ वैशाख । सल्यान क्रिकेट संघले आयोजना गरेको त्रिपक्षीय मैत्रीपूर्ण क्रिकेटको उपाधि बिहीबार दाङको योङ स्टार क्लबले जितेको छ । सल्यान, रुकुम र दाङको योङ स्टार युवा क्लबबीच त्रिपक्षीय क्रिकेट भएको थियो । बिहीबार भएको फाइनलमा रुकुमलाई ७४ रनले हराउँदै योङ स्टारले उपाधि जितेको हो ।

योङ स्टारले दिएको १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको रुकुम १४ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५८ रनमा सीमित भएको थियो । रुकुमका कप्तान विवश गिरीले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उत्कृष्ट बलिङ गरेका योङ स्टारका लागि केशव अधिकारी र नेत्रमणि पाण्डेले समान ३–३ लिए । त्यस्तै कप्तान रुपेश शर्मा, सदगुण गिरी र बिनोद मल्लले समान १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको योङ स्टारले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका लागि बिनोद मल्लले सर्वाधिक ४ रनको योगदान दिए । त्यस्तै केशव अधिकारीले १५ र दिपेश शाक्यले १२ रन जोडे । रुकुमको बलिङमा वीरसिंह ओली र कुलप्रसाद ओलीले समान ३–३ लिए ।

त्यस्तै अक्षय गौतमले २, कप्तान विवश गिरी र गोविन्द शाहीले १–१ विकेट हात पारे । रुकुमका कप्तान विवश गिरी प्रतियोगिताको बेस्ट व्याट्स म्यान, योङ स्टारका केशव अधिकारी बेस्ट बलर र योङ स्टारकै बिनोद मल्ल म्यान अफ द सिरिज घोषित भए । सल्यानलाई खेलमा स्थापित गर्ने र सल्यान, रुकुम तथा दाङमा क्रिकेट विकासका लागि टेवा पु¥याउने उद्देश्यले सल्यान क्रिकेट संघले खेल आयोजना गरेको हो । गत ६ वैशाखबाट सुरु भएको थियो । सल्यान क्रिकेट संघका अध्यक्ष सबिन हमालको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसहायक प्रशिक्षक दीपेन्द्रप्रताप सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया